१४ असार २०८३, आइतबार

स्याङ्जाको फेदीखोलामा एक वृद्ध मृत फेला

साउन ३, २०७७
स्याङ्जाको फेदीखोलामा एक वृद्ध मृत फेला

स्याङ्जाको फेदीखोलामा एक जना वृद्ध मृत फेला परेका छन् ।

फेदीखोला गाउँपालिका वडा १, कटुञ्जेस्वाँराका ६९ वर्षीय गोविन्दप्रसाद पराजुली शनिबार बिहान ५ बजे आफ्नै घरमा भैँसीलाई पानी खुवाउन प्रयोग हुने प्लाष्टिकको ड्रमभित्र मृत फेला परेका हुन् । २ सय लिटरको सो ड्रम घर र गोठको बीचमा राखिएको थियो । 

शव पोष्टमार्टमका लागि जिल्ला अस्ताल स्याङ्जा पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

स्कुटर दुर्घटनामा युवती घाइते

पोखरामा स्कुटर दुर्घटनामा एक युवती घाइते भएकी छन् ।

पोखरा ६, डिहिगोपाटनमा ग २ च १५०२ नम्बरको पानीबोक्ने भ्यानले ग १६०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखराको लेकसाइड बस्ने २१ वर्षीया सवनम सुवेदी घाइते भएकी छन् ।

शनिबार बिहान ११ बजे भएको सो दुर्घटनामा घाइते सुवेदीको पोखरा सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरू गरेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्