२७ असार २०८३, शनिबार

तनहुँ पहिरोमा दुई जनाकै मृत्यु

साउन ५, २०७७
तनहुँ पहिरोमा दुई जनाकै मृत्यु
फाइल फोटो।

अविरल वर्षापछि आएको पहिरोमा परी तनहुँमा सोमबार २ जनाको ज्यान गएको छ। 

तनहुँको भानु नगरपालिका वडा ९, सिमगैराका महेन्द्र धरालीको घर पहिरोले बगाउँदा उनकी ८० वर्षीया आमा तीलमाया धराली र १७ वर्षीया छोरी त्रिप्सा धरालीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार दिउँसो साढे २ बजे घरमाथिबाट आएको पहिरोले महिन्द्र र उनका भाइको घर बगाएको थियो ।

पहिरोमा परी तीलमाया बेपत्ता भएकोमा उद्धार क्रममा उनको शव फेला परेको हो । 

त्यस्तै, पहिरोबाट उद्धार गरी उपचारार्थ अस्पताल पु-याइएकी त्रिप्साको पनि मृत्यु हुन गएको प्रहरीले जनायो । 

उता, गोरखाको गण्डकी गाउँपालिका ४ की ३४ वर्षीया लक्ष्मी गुरुङ पनि बेपत्ता भएकी छन्। फुजेलकौदीकी गुरुङलाई गोठमा बाख्रालाई घाँस हाल्ने क्रममा दिउँसो पौने १ बजे माथिबाट आएको पहिरोले उनलाई बगाएको हो । पहिरोमा बाख्रा समेत पुरिएका छन् ।

बेपत्ता लक्ष्मीको प्रहरी सहयोगमा खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

यसैगरी, पहिरोले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा घर भत्किनुका साथै ठाउँ ठाउँमा सडक अबरुद्ध समेत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्