१२ असार २०८३, शुक्रबार
बाढीको सन्त्रास

अविरल वर्षापछि कैलालीका सयौं घर डुबानमा [तस्वीरसहित]

साउन १४, २०७७
अविरल वर्षापछि कैलालीका सयौं घर डुबानमा [तस्वीरसहित]

अविरल वर्षापछि आएको बाढीले कैलालीको सयौं घर डुबानमा परेको छ । जिल्लाको भजनी नगरपालिका, जोशीपुर, टीकापुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका क्षेत्रलगायतका सयौं घर डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतीक बिष्टका अनुसार जिल्लाको भजनी, जोशी र टीकापुर क्षेत्र जलमग्न भएको छ । उनका अनुसार भजनी नगरपालिकामा मात्रै ७० भन्दा बढी घर डुबानमा परेको छ ।

जोशीपुर गाउँपालिकामा ३० घर डुबानमा परेको उनले जानकारी दिए । घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको भजनीका स्थानीय गंगा चौधरीले बताए । त्यस्तै, जोशीपुर क्षेत्र रातीदेखि नै जलमग्न भएको नेकपा नेता नेपबहादुर चौधरीले जानकारी दिए ।

अविरल वर्षापछि जिल्लाको कर्णाली, कान्द्रा, काँडा, पथरैया, मोहना, खुटिया, घुराहालगायत नदीमा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा बर्षा भईरहेको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको विभागले जनाएको छ ।

हेर्नुहोस् तस्वीर - 

salt training

कमेन्ट गर्नुहोस्