३० असार २०८३, मंगलबार

आज खीर खाने दिन, यसरी बनाउनुस् स्वादिष्ट पनीर खीर

साउन १५, २०७७
आज खीर खाने दिन, यसरी बनाउनुस् स्वादिष्ट पनीर खीर

आज  साउन १५, खीर खाने दिन । हामी तपाईंहरूलाई घरैमा बसीबसी स्वादिष्ट पनीर खीर बनाउने तरिका सिकाउँछौं । यसको स्वाद बडो गजबको हुन्छ ।


सामग्री
आधी कप पनीर
दुई कप दूध
दुई चम्चा मकैको पीठो
दुईतीन चम्चा चिनी
एक केसर
एक चिम्टी अलैंचीको धूलो
दुई चम्चा पिस्ता
दुई चम्चा काजु
दुई चम्चा बदाम

विधि
सबभन्दा पहिला एक कप दूधमा केसर भिजाएर राख्नुस् ।

अब एक चम्चा दूधमा मकैको पीठो पनि भिजाउनुस् ।

त्यसपछि दूध उमालेर निकाल्नुस् र त्यसमा मकैको पीठो मिसिएको दूध हालेर १० मिनेटसम्म हल्लाउनुस् ।

त्यसपछि यसमा केसर भएको दूध हाल्नुस् । अनि त्यसपछि उम्लिएको दूधमा पनीर र चिनी हालेर राम्ररी मिसाउनुस् । त्यसलाई १० मिनेटसम्म पकाउनुस् ।

अब यसमा अलैंची धूलो र काजु, पिस्ता, बदाम राख्नुस् र आगो निभाउनुस् ।

पनीर खीर तयार भयो । अब पस्किनुस् ।

salt training

कमेन्ट गर्नुहोस्