×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको ‘अफ द रेकर्ड’ पत्रकार भेटघाट फेसबूकमा लाइभ ! प्रदेश छिर्न पीसीआर अनिवार्य

साउन २०, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले झण्डै २ वर्षपछि सुर्खेतमा पत्रकारहरूसँग भेटघाट कार्यक्रम राखे । २०७५ सालको दशैंपछि मंगलवार नै सामूहिक भेटघाट कार्यक्रम थियो ।

Muktinath Bank

भेटघाटको शुरूमै मुख्यमन्त्री शाहीले ‘अफ द रेकर्ड’ कार्यक्रम भनेर जानकारी दिए । ‘अफ द रेकर्ड’ भेटघाटमा व्यक्त भएका कुरा समाचार बनाउन नपाइने मान्यता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अचम्मको कुरा त के भने मुख्यमन्त्रीले अफ द रेकर्ड भनेको भेटघाट सामाजिक सञ्जाल फेसबूकबाट ‘लाइभ’ भइरहेको थियो । मुख्यमन्त्री शाहीले पत्रकारसँग अफ द रेकर्ड भनेको भेटघाट जोसुकैले सुन्न र हेर्न मिल्ने गरी फेसबूकमा तत्कालै प्रसारण भइरहेको थियो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्रीको सचिवालयले नै फेसबूकमा लाइभ गरेपछि अफ द रेकर्डको के अर्थ ? भेटघाटमा सहभागी पत्रकारहरू अलमलमा परे । अफ द रेकर्ड भनिएको भेटघाटमा मुख्यमन्त्री शाहीले कोरोनाबाट बच्न व्यक्तिगत सुरक्षामा ध्यान दिन प्रवेशवासीलाई आह्वान समेत गरिरहेका थिए ।

Vianet communication

भेटघाटमा मुख्यमन्त्री शाहीले काठमाडौंको थानकोट प्रवेश गर्दा आवश्यक पर्ने पीसीआर परीक्षण जस्तै कर्णाली प्रवेश गर्नेले पनि त्यही प्रक्रिया पूरा गर्नुपर्ने गरी तयारी भइरहेको बताए ।

मुख्यमन्त्री शाहीले कैलाली र पूर्वी तराईमा खतरनाक कोरोना भाइरस देखिएको बताउँदै ती क्षेत्रबाट कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर जाँच गरिएको कागज देखाउनुपर्ने व्यवस्था गर्न लागिएको बताए । ‘खतरनाक भाइरस आएको छ । देश नै सायद लकडाउनमा जान्छ होला,’ मुख्यमन्त्री शाहीले भने, ‘यदि नेपालगञ्ज आसपासमा भाइरस देखिएको खण्डमा हामी आफैं कर्णाली प्रदेशलाई लकडाउन गर्छौं । कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर रिपोर्ट हेर्छौं । सबैभन्दा ठूलो कुरा नागरिकको ज्यान जोगाउनु हो ।’

मुख्यमन्त्री शाहीले कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति २ मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने बताए । ‘कर्णालीमा आफैंले खरिद गर्न सक्नेले मास्क खरिद गर्ने र नसक्ने नागरिकका लागि प्रदेश सरकारले प्रतिव्यक्ति २ मास्क दिने तयारी गर्छौं । ती मास्क पुनः प्रयोग गर्न मिल्ने खालका हुनेछन् । यसका अलावा सानो स्यानिटाइजरको डिब्बा पनि वितरण गर्छौं । सूर्ती बोक्नुको साटो स्यानिटाइजर बोक्न नागरिकलाई आह्वान गर्दछु ।’

मुख्यमन्त्री शाहीले गम्भीर खालका बिरामीको उपचारका लागि कर्णालीका दशै जिल्लामा अक्सिजन पठाइने बताए । कर्णालीका विकट जिल्लामा विपद्मा परेका नागरिकको उद्धार गर्न, राहत सामग्री वितरण गर्न एक हेलिकप्टर भाडामा लिइने समेत उनले बताए ।

सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा केही दिनभित्रै दैनिक २ हजार ५०० भन्दा बढी नागरिकको पीसीआर जाँच गरिने बताए । ‘अहिले हामीसँग चौरजहारीमा एउटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा, प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा २ वटा र दैलेख अस्पतालमा एउटा पीसीआर मशिनले स्वाब जाँच गरिरहेका छन्,’ उनले भने, ‘अहिले हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल कालागाउँमा ३ वटा अटोमेटिक मशिन आरएनए एक्सटेन्सन जडान गरिरहेका छौं । यो मशिनले २ घण्टामा ४०० जनाको पीसीआर रिपोर्ट दिन्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x