०१ असार २०८३, सोमबार

कोरोना संक्रमितलाई औषधि पुर्‍याउने रोबोट

साउन २१, २०७७
कोरोना संक्रमितलाई औषधि पुर्‍याउने रोबोट

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागो कारखानामा बिरामीलाई औषधी पुर्‍याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ । त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ ।

युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे ।

कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमितसँग हेलमेल भइराख्नुपर्ने नर्सको सुविधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए । युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि सिष्टर रोबोट उपलब्ध गराएको छ ।

 २ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । एसोसिएसनका अध्यक्ष विकास गुरुङका अनुसार रिमोटको कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगा बिरामीसम्म पुर्‍याउन सक्छ ।

रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ । भिडियो क्यामेराका माध्यमबाट बिरामीसँग लाइभ हेर्न सकिन्छ ।  ट्याब्लेट प्रयोग गरिएकाले नर्श र बिरामीबीच कुरा गर्न सकिन्छ ।

बिरामीलाई गर्ने हेरचाह रोबोटले गर्ने भएकाले त्यसको नाम सिष्टर रोबोट नाम राखिएको हो । कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले सिष्टर रोबोटले नर्सहरुलाई जोखीमबाट बचाउन सहयोग पुग्ने बताए  । केही व्यवस्थापनका काम गरेर रोबोट प्रयोगमा ल्याउने उनले बताए  ।  

salt training

कमेन्ट गर्नुहोस्