३१ असार २०८३, बुधबार

१४ सय नेपाली स्वदेश फर्किए

१४ सय नेपाली स्वदेश फर्किए

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका १४ सय नेपाली फर्किएका छन्। उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन्।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौँ ल्याएको छ  । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

 यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ । मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ । शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्