१२ असार २०८३, शुक्रबार

पोखरामा एकपछि अर्को संक्रमित फेला, एकैदिन १० जनामा कोरोना पुष्टि

साउन २३, २०७७
पोखरामा एकपछि अर्को संक्रमित फेला, एकैदिन १० जनामा कोरोना पुष्टि

पोखरामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएका छन् ।

शुक्रबार बिहान २ जनामा कोरोना संक्रमण पुष्टि भएको दिउँसो पुनः ८ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसरी पोखरामा एकैदिन १० जनामा कोभिड–१९ पुष्टि भएको हो । स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार पोखरा १९ मा ६ जना, वडा १५ र वडा ३१ मा एक एक जनामा संक्रमण देखा परेको हो ।

तीमध्ये ४–४ जना पुरुष र महिला छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा १९ का वर्ष ५८, ६८ र ८८ का ३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

वडा १९ मै वर्ष ५७ का एक जना पुरुष तथा वर्ष ६० का २ जना पुरुषमा कोरोना देखिएको छ । यस्तै, वडा १५ मा वर्ष ३२ की महिला र वडा ३२ मा वर्ष १९ का पुरुषमा कोभिड–१९ देखिएको जनाइएको छ ।

पोखरामा शुक्रबार बिहान वडा २ र ८ मा गरी २ जनामा कोरोना संक्रमण देखा परेको विज्ञप्तिमार्फत जनाइएको थियो ।

बिहीवार पोखरा ८ मा एकै परिवारमा थप ४ जनामा कोरोना देखिएपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । तीमध्ये १ हजार ३ सय ८३ जना निको भएका छन् । ४ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्