बैशाख २४, २०८१
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
साउन २८, २०७७
तीन वर्षअघि २०७४ मंसिरमा भएको आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनका लागि अर्ली महाधिवेशनको बहस भयो ।
कांग्रेसलाई पुनर्जीवन दिन भन्दै शुरूमा ८ जना केन्द्रीय सदस्यबाट शुरू भएको अभियानमा १२ जना सदस्य पुगे ।
निर्वाचनमा पार्टी पराजयको जिम्मा सभापति शेरबहादुर देउवाले लिएर नेतृत्व छाड्नु पर्ने उनीहरूको माग थियो ।
कांग्रेसले चुनावमा बेहोरेको पराजय विस्तारै बिर्संदै गयो र १२ केन्द्रीय सदस्यको अभियान शिथिल बन्यो ।
लामो समय निष्क्रिय रहेको यो समूह पार्टीको महाधिवेशन नजिकिँदै गर्दा फेरि सक्रिय बन्न लागेको छ ।
चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डे, जीवन परियार, रत्ना शेरचन, सरिता प्रसाईं र किरण यादव यो समूहमा छन् ।
१२ जना सदस्यमध्ये अधिकांश विगतमा रामचन्द्र पौडेल समूहबाट उठेका भएपनि यसपटक उनीहरू पाँच वर्षअघिको समीकरणमा फेरबदल आएको बताउँछन् ।
पार्टी सभापति शेरबहादुर देउवाले हालै गठन गरेका विभागको खारेजीका लागि यो समूहले मंगलवार विज्ञप्ति नै प्रकाशित गरेर दबाब सिर्जना गर्यो । विभाग खारेजीको लागि विज्ञप्ति जारी गरेजस्तो देखिए पनि १२ नेताको गठजोडले कांग्रेसको आन्तरिक राजनीतिमा निकै अर्थ राखेको छ ।
अहिलेको नेतृत्व असक्षम रहेकाले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने यो समूहको माग छ । १२ मध्येका एक गगन थापाले आगामी चौधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।
युवा पुस्ताबाट अरूले उम्मेदवारी दिए आफूले समर्थन गर्ने र अरूले नदिए आफूले सभापतिमा उम्मेदवारी दिने गगनले बताउँदै आएका छन् । सभापतिमा गगनले उम्मेदवारी दिएपनि नदिए पनि १४ औं महाधिवेशनमा यो समूह निर्णायक बन्न सक्छ ।
देशभरका कांग्रेस कार्यकर्ताको भावना बुझेर नै आफूहरू कांग्रेसको रुपान्तरणमा लागेको १२ केन्द्रीय सदस्यहरूको कथन छ ।
‘अहिलेको नेतृत्वले निरन्तरा पायो भने अर्को चुनावमा कांग्रेसलाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था आउँछ, कांग्रेसको पुनर्जीवनका लागि हामी हस्तक्षेप बढाउँदैछौँ,’ १२ मध्येका एक नेताले लोकान्तरसँग भने ।
वर्तमान नेतृत्वबाट कांग्रेसको पुनर्जीवन सम्भव छैन भन्नेमा स्वयं शेरबहादुर देउवा समूहका सदस्यहरू समेत सहमत भएको ती सदस्यले दाबी गरे । ‘आफ्नो सीट सुरक्षित गर्न लाग्ने बेग्लै कुरा भयो, तर अहिलेको नेतृत्वबाट कांग्रेसले पार पाउँदैन भन्ने कुरा सभापति निकटकै सदस्यहरूलाई थाहा छ,’ कांग्रेसका एक नेता भन्छन् ।
कांग्रेस पुनर्जीवनका लागि भन्दै कांग्रेसका नेता रामचन्द्र पौडेलले हालसालै एउटा प्रस्ताव सार्वजनिक गरेका छन् ।
सिद्धान्ततः पौडेलको प्रस्तावमा विमति नराखे पनि १२ नेताको समूह अब पौडेलबाट पनि कांग्रेस चल्न नसक्ने निष्कर्षमा पुगेको छ ।
‘सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत माथिल्लो नेतृत्वमा रहेका नेताले अहिलेका युवाको भावना बुझ्न सक्नुभएन, यति वर्षदेखि कांग्रेसमा सक्रिय छु भन्दैमा कांग्रेस चल्न सक्दैन,’ अर्का एक सदस्यले भने ।
महाधिवेशनको मिति तोकिएसँगै कांग्रेसमा सभापतिका आकांक्षीको लर्को लाग्न थालेको छ । अहिलेसम्म चारवटा पक्षले उम्मेदवारी दिने तयारी गरेको कांग्रेसका विभिन्न स्रोत बताउँछन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला या केन्द्रीय सदस्य शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । प्रकाशमान सिंह, रामशरण महत, गगन थापा समेतले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । संस्थापन पक्षबाट देउवाको एकल उम्मेदवारी परेपनि देउवा इतर समूहबाट अन्य तीन उम्मेदवारी पर्ने सम्भावना छ ।
कोइराला परिवारका शेखर वा शशांकले सभापतिमा उम्मेदवारी दिने प्रबल सम्भावना छ । रामचन्द्र पौडेलले उनीहरूको समेत समर्थन लिएर सभापतिमा उठ्ने योजना बनाएका छन् भने कृष्ण सिटौलाले समेत सभापतिमा उठ्ने तरखर गरेका छन् । १३ औं महाधिवेशनमा पहिलो राउन्डमा पराजित सिटौलाले यसपटक पनि आफू सभापतिमा उठ्ने संकेत निकटस्थसँग गरेका छन् ।
कांग्रेसमा देउवाको उत्तराधिकारीको रूपमा चर्चा गरिएका विमलेन्द्र निधि समेतले सभापतिमा उठ्छु भनेपछि तरंग सिर्जना भएको छ ।
निधिले उम्मेदवारी दिए पनि/नदिए पनि देउवा इतर समूहका नेताहरू उनीबाट कांग्रेसको नेतृत्व खोस्ने मामिलामा एक ठाउँमा जस्तै देखिएका छन् ।
मंगलवारको विज्ञप्तिमार्फत १२ केन्द्रीय सदस्यले पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा नेतृत्व लिन समेत तयार रहेको स्पष्ट भाषामा उल्लेख गरेका छन् ।
‘... तसर्थ विभाग गठनको कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभागहरू खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ । यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुनसक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रह समेत गर्दछौं । साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका–उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौ,’ मंगलवारको विज्ञप्तिमा भनिएको छ ।
'इस्युमा एक भएका हौं, महाधिवेशनसम्म जाँदा अझै धेरै हुन्छौं'
केन्द्रीय सदस्य बद्री पाण्डेले १२ जनाको सहकार्य इस्युमा आधारित रहेको र महाधिवेशनसम्म सहकार्य गरेर अघि बढ्ने बारे छलफल नभएको बताए ।
‘अहिलेसम्म हामी इस्युमा छलफल गरिरहेका छौं, विभाग एकतर्फी ढंगले गठन अति नै भयो भनेर विज्ञप्ति जारी गरेका हौं,’ पाण्डेले भने ।
महाधिवेशनसम्म सहकार्य गरेर जाने अवस्थामा यो संख्या १२ जनामा सीमित नरहने उनले बताए ।
‘उपत्यकामा उपलब्ध साथीहरू मिलेर विज्ञप्ति जारी गरेका हौं, अन्य साथीहरू पनि यसमा सहमत हुनुहुन्छ,’ पाण्डेले लोकान्तरसँग भने, ‘महाधिवेशनमा जाने हो भन ेत यो संख्या बढ्छ, हाम्रो एजेन्डासँग देशभरका सयौं नेता कार्यकर्ता सहमत हुनुहुन्छ ।’
नेपाली कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्न केन्द्रीय समिति बैठकले मिति तोकिसकेको छ । कोरोना संकटका कारण फागुनका लागि निर्धारित महाधिवेशन वैशाख या जेठसम्म धकेलिने कांग्रेस स्रोत बताउँछ ।
‘हामीसँग एक सय एक क्षमतावान नेता हुनुहुन्छ’
१२ जनाको तर्फबाट विज्ञप्ति जारी गर्ने मध्येका एक केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने र कांग्रेसलाई पुनर्जीवन दिएर देशको नेतृत्व गर्ने पहिलो दल बनाउने आफूहरूको अभियान रहेको बताए ।
‘महाधिवेशनबाट प्राप्त चार वर्षको म्याद सकिएपछि अहिले थपिएको कार्यकाल हो, अर्थात् महाधिवेशनको वर्ष हो । पार्टीमा महाधिवेशनको आचारसंहिता लाग्छ । यस्तो बेलामा विभाग गठन गरेर पार्टी विधान र नियमावलीको सभापतिबाट उल्लंघन हुनुभएन भनेर हामीले विज्ञप्ति जारी गरेका हौं,’ सदस्य यादवले भने ।
केन्द्रीय सदस्य यादव १२ जनाको समूह पार्टीमा परिवर्तनको बाहक र युवाहरूको चाहाना भएको दाबी गर्छन् ।
‘महाधिवेशनमा नेतृत्वका लागि समेत छलफल गरिरहेका छौं, नेतृत्वका लागि हामीसँग एक सय एक क्षमतावान नेता हुनुहुन्छ,’ यादवले भने ।
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...