
कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले लोकान्तरलाई जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट छन् ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घटना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।
घटनाको थप विवरण आउन बाकी छ ।