×

NIC ASIA

यस्ता छन् भिन्डीका १४ फाइदा

असोज २५, २०७८

Prabhu Bank
NTC
Premier Steels

हामीले खानपानमा ध्यान दिन सक्यौ भने धेरै रोगलाई नियन्त्रण गर्न सक्छौ भने स्वास्थ्यलाई पनि राम्रो बनाउन यसले सहयोग पुर्‍याउछ ।

Muktinath Bank

हामीले भान्सामा प्रयोग गर्ने तरकारी, फलफुल लगायतमा विशेष ध्यान दिन सकेको खण्डमा केही रोग र जीवनशैलीलाई केही सहज बनाउन सक्छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिप्ले भिन्डीका नामले समेत चिनिने फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ । यसले पाचन प्रकृयालाई बलियो बनाउँछ ।


Advertisment
Nabil box
Kumari

भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ । 

Vianet communication

भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु-याउँछ । श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

गर्भवती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रुणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

क्यान्सरको जोखिम हटाउन पनि भिन्डी खानु फाइदाजनक हुन्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ ।

छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सीलगायतको महत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।

आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ ।

भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ ।

रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।

अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ ।

भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x