
रूपन्देहीको सिद्धार्थनगर–८ को एउटै परिवारका ८ जनालाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयमा कार्यरत कर्मचारीको परिवारका सबै सदस्यहरूलाई नैं संक्रमण देखिएको हो ।
केही दिन अगाडि ती कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो ।
उनलाई संक्रमण देखिएपछि परिवारको सदस्यहरू कन्ट्रयाक्ट टेसिङ गर्दा सबै ८ जना सदस्यको पीसीआर पोजीटिभ आएको स्वास्थ्य कार्यालय, रूपन्देहीले जनाएको छ ।
मन्त्रालयकै स्वास्थ्य क्षेत्र हेर्ने कर्मचारीले समेत सचेतना नअपनाउन परिवार नैं संक्रमित भएको देखिन्छ । उनीहरू अहिले आफ्नै घरको होम आइसोलेनसमा बसेका छन् ।
उनीहरु सबैको अवस्था सामान्य छ । रूपन्देहीमा मंगलबार मात्रै ५५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए ।