×

NMB BANK
NIC ASIA

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल र त्यसको तल्लो भेगमा रहेका मानव बस्ती उच्च जोखिममा परेको छ ।

Muktinath Bank

निरन्तरको वर्षापछि सो तालमा पानीको सतह बढ्दै गएको छ । तर सो तालको पानी निकासद्वार जीर्ण हुनुका साथै वरिपरिको जमिन वर्षातको समयमा भाँसिदै गई कमजोर हुँदै गएपछि ताल फुट्ने उच्च जोखिम बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताल क्षेत्र घुम्न गएकी गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी आचार्यले माटो भाँसिएको तस्वीर पोस्ट गर्दै सचेत गराइन्, ‘तालको मुुख्य आउटलेट (निकासद्वार) धरासायी बन्दै गएको छ । वर्षाका कारण तालमा पानीको सतह बढ्नुका साथै तालको संरक्षणमा बनेका कमजोर संरचनाले कुनै क्षति वा विपत्ति नआउला भन्न सकिन्न । समयमै सम्बन्धित निकायको ध्यान जाओस् ।’ 


Advertisment
Nabil box
Kumari

करीब २५ वर्ष पहिले साविक जिल्ला विकास समिति कैलालीले निर्माण गरेकोे आउटलेट सहितको बाँध भाँचिएर तालको पानी निरन्तर बग्दै गएको छ । निरन्तर बग्ने पानीको बहाबले बाँधमुनिको माटो बगेर बाँध नै बग्ने जोखिम बढेको छ ।

Vianet communication
Laxmi Bank

पंक्षी संरक्षण नेपालका हिरुलाल डगौराले बाँधसहित आउटलेट फुट्ने खतराले सिमसारको अस्तित्व र मानव बस्ती जोखिममा परेको चिन्ता व्यक्त गरे ।

उनले भने, ‘तालको पानी निकासद्वार उसै पनि जीर्ण छ । हालैको वर्षाले ठाउँठाउँमा माटो भाँसिन थालेको छ । समयमा रोकथामको कदम नचाले जतिबेला पनि ताल फुट्न सक्छ ।’ उनका अनुसार ताल फुटेमा जैविक विधिधतामा असर पर्नुका साथै तालको तल्लो क्षेत्रको मानव बस्ती डुबानमा परी भयावह अवस्था सिर्जना हुनेछ ।

ताल क्षेत्र गोही, रैथाने माछा, चरालगायत विभिन्न प्रजातिका जलीय जीवको बासस्थान तथा प्रजनन केन्द्र हो । संरक्षणकर्मी डंगौराले सो सिमसार क्षेत्रमा २९९ प्रजातिका पंक्षी, ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, घस्रने जीव लगायतको प्रमुख आश्रयस्थल तथा प्रजनन केन्द्र रहेको बताए । सिमसार क्षेत्रमा ४५० प्रजातिको वनस्पति समेत पाइने गरिएको बताइन्छ ।

बेलैमा नयाँ संरचना निर्माणमा ध्यान नदिए त्यहाँको जैविक विविधता मात्रै होइन, मानव वस्ती समेत जोखिममा पर्न सक्ने भन्दै सचेत गराउँदै उनले अगाडि थपे, ‘बाँध भत्केमा तालभन्दा तल्लो क्षेत्रमा रहेका नारायणपुर, डोरा, भालुफाँटा, घोडाघोडी, कौंहुवा लगायत आधा दर्जन मानव बस्ती डुबानमा परी हजारौं घर प्रभावित हुन सक्छ ।’

घोडाघोडी ताल तथा सिमसार क्षेत्र हेर्दै आएको घोडाघोडी नगरपालिका मार्फतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले आफूहरू सो बाँध निर्माणप्रति निकै संवेदनशील भएको तर वातावरणीय प्रभाव परीक्षण (ईआईए) हुन नसक्दा काम गर्न नसकेको बताए । 

हालै भाँसिएको जमिन पुरिसकेको बताउँदै उनले हालसम्म पुरानै संरचनालाई मर्मत सम्भारको काम मात्रै गरिरहेको जानकारी दिए ।

औसत ४ मिटरभन्दा बढी गहिराइ र २ हजार ७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । जुन सन् २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । ऐतिहासिक, जैविक, धार्मिक महत्वले भरिपूर्ण घोडाघोडी सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्यको रुपमा चिनिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x