३० असार २०८३, मंगलबार

केन्यामा छ भगवान् शिवको प्राचीन मन्दिर (भिडियो)

भदौ ४, २०७७
केन्यामा छ भगवान् शिवको प्राचीन मन्दिर (भिडियो)

केन्याको मोम्बासास्थित नियाली क्षेत्रमा भगवान् शिवको प्राचीन मन्दिर रहेको छ । 

बेलायतमा रहेकी एक भारतीय संगीतकार किशोरी जानीले गोम्बेश्वर गुफाको भ्रमण गरी मन्दिरको भिडियो सामाजिक सञ्जालमा राखेपछि यसको चर्चा चुलिएको छ । 

कुल दुई मिनेट २० सेकेन्ड लामो भिडियोमा गुफाहरूको दृश्य देख्न पाइन्छ । त्यसमा शिवलिंग गुफामा निकै भित्र देख्न सकिन्छ । 
 

जानीले गुफाबाट तल झर्दै गर्दा ऊँ नमः शिवाय मन्त्र उच्चारण गरेको सुनिन्छ । 
 

जानीको भिडियोमा उल्लेख भएअनुसार, गुफाको मन्दिर निकै समयअघि बनाइएको थियो । अफ्रिकाका एक गोठालाले आफ्नो एक गाईले डाँडाको एक विशेष ठाउँमा सधैं दूध चुहाएको याद गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बस्ने हिन्दू परिवारहरूले किन गाईले दूध चुहाएकी होलिन् भनी हेर्न खोजेको र खोज्दै जाँदा मन्दिर भेटेका थिए । 

गोठालाहरू र हिन्दू परिवारहरूले सुन्दर गुफामा शिवलिंग भेटे । यस गोप्य मन्दिरको बारेमा जानकारी भएकाहरू पूजाआजाका लागि त्यहाँ पुग्ने गरेका छन् । 

शिवजीका भक्तहरू भिडियोबाट अत्यन्तै प्रभावित भएर गोप्य मन्दिरको प्रशंसा गरिरहेका छन् । 

किशोरी जानीको भिडियो भारतीय लेखिका अद्वैता कालाले शेयर गरेपछि भाइरल भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्