
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आइतबार रूपन्देहीका दुई जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ की ६७ वर्षिया महिला र जिल्लाको समरीमाई गाउँपालिका– २ का ३८ वर्षीया पुरुषको कोरोना संक्रमणबाट आइतबार १ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए ।
महिला साउन ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् भने पुरुष भदौ १ गते अस्पताल आएका थिए । डा. थापाले भने, ‘संक्रमितहरूको अवस्था जटिल बनेपछि महिलालाई भदौ ३ गते भेन्टिलेटरमा राखिएको थियो । युवालाई २ गते भेन्टिलेटरमा राखिएको हो, आज उहाँहरू दुवै जनाको मृत्यु भयो ।’
अस्पताल ल्याउनुपूर्व ती महिलालाई बुटवल हस्पिटल प्रालिमा उपचार गराइएको थियो । संक्रमण देखिएपछि उनलाई कोरोना अस्पताल लगिएको थियो । उनको यात्रा विवरण केही छैन ।
ती महिलामा उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो । अर्का पुरुष भने १ हप्ता अगाडि भारत गएका थिए । इलेक्ट्रिसियन काम गर्ने उनलाई कुनै दीर्घरोग भने देखिएको थिएन ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल आएका थिए ।
हेर्नुहोस्, विज्ञप्ति :
