१९ असार २०८३, शुक्रबार

कोरोना संक्रमणमा कर्णालीको पहिलो नम्बरमा नारायण नगरपालिका, बाँकी १३ पालिकामा संक्रमण शून्य

भदौ ७, २०७७
कोरोना संक्रमणमा कर्णालीको पहिलो नम्बरमा नारायण नगरपालिका, बाँकी १३ पालिकामा संक्रमण शून्य

कर्णाली प्रदेशमा २०७७ जेठ पाँच गतेदेखि हालसम्मको अवधिमा २ हजार १ सय ६० जना कोरोनाबाट संक्रमित भएका छन् । सबैभन्दा बढी दैलेखको नारायण नगरपालिकाका नागरिक देखिएका छन् ।

उक्त नगरपालिकामा ३ सय ३ जनामा हालसम्म कोरोना संक्रमण देखिएको छ । दोश्रो नम्बरमा कर्णालीको राजधानी वीरेन्द्रनगर देखिएको छ । विरेन्द्रनगरमा २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास महाशाखाले जनाएको छ ।

तेश्रो नम्बरमा दैलेखको महावु गाउँपालिका परेको छ । यो गाउँपालिकाका १ सय ८९ जनामा कोरोना पुष्टि भइसकेको छ । सल्यानको बन्गाड कुभिण्डे नगरपालिकामा १ सय ७९ जना, दैलेखको नौमुले गाउँपालिकामा १ सय ५१ जना र सोही जिल्लाको दुल्लु नगरपालिकामा १ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा ७८, दैलेखको डुंगेश्वर गाउँपालिकामा ७८, सुर्खेतको पञ्चपुरी नगरपालिकामा ६८, जुम्लाको हिमा गाउँपालिकामा ६६, सुर्खेतको लेकबेशी नगरपालिकामा ६२, दैलेखको आठबीस नगरपालिकामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुर्खेतका बराहताल गाउँपालिकामा ४९, गुर्भाकोट नपामा ४८, सिम्ता गाउँपालिकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानको कुमाख गाउँपालिकामा ३१, सुर्खेतको चिंगाड गाउँपालिकामा २५ जना, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा २५, जुम्लाको चन्दननाथमा २३, दैलेखको भैरवीमा २१ जना, ठाँटीकाँधमा २१ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १८ जना, रुकुमको चौरजहारीमा १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

उनका अनुसार कालिकोटको शुभकालिकामा १७, सल्यानको दार्मामा १६, दैलेखको भगवतीमाईमा १५, जुम्लाको सिंजामा १५, जाजरकोटको भेरी नपामा १५, दैलेखको गुराँस गाउँपालिकामा १३, कालिकोटको रास्कोट नपामा १३, जाजरकोटको छेडागाडमा ११ जना, कालिकोटको महावैमा १० र सल्यानको वागचौरमा दश जनामा कोरोना पुष्टि भएको छ ।

अन्य पालिकामा १० भन्दा कम संक्रमित भेटिएका छन् । आठबीसकोटमा ९ जना, कालिमाटी, खत्याड, मुसिकोट ७ जना, शारदा, त्रिवेणी र खाँडाचक्रमा ६ जना, बारेकोट र शिवालयमा ५/५ जना, नरहरीनाथमा ४ जना, बाँफीकोट, पलाता, पातारासी, सिद्धकुमाख,  तिलामा ४/४ र त्रिवेणीमा ३/३ जनामा कोरोना संक्रमण हालसम्म पुष्टि भएको छ । छत्रेश्वरी, छायानाथ रारा, जगदुल्ला, कनकासुन्दरीमा तीन, नाम्खा, सानीभेरी, ठूलीभेरी र तिलागुफामा २/२ जना संक्रमित फेला परेका छन् ।

अदानचुली, चंखेली, गुठिचौर, कपुरकोट, मुडकेचुला, पचालझरना, ताजाकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

५१ हजारको पीसिआर जाँच

कर्णाली प्रदेशले हालसम्म ५१ हजार ८३६ जनाको पीसीआर जाँच गरेको छ । त्योमध्ये ४८ हजार ९६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५८ जनाको स्वाव परिक्षण गरिएकोमा चार जनाको पोजेटिभ आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्