३० असार २०८३, मंगलबार
कोरोनाले थपेको भार

चीनदेखि चेक गणतन्त्रसम्मबाट मास्क आयात, एक महिनामै बाहिरियो झण्डै २५ करोड !

चीनदेखि चेक गणतन्त्रसम्मबाट मास्क आयात, एक महिनामै बाहिरियो झण्डै २५ करोड !

कोरोनाभाइरस (कोभिड- १९) को महामारी बढ्दै जाँदा नेपालमा मास्क तथा स्यानिटाइजरको आयात बढेको छ । 

गत साउन महिनामा मात्रै मुलुकमा ७ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको भन्सार विभागले जनाएको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा विभिन्न १६ मुलुकबाट मास्क आयात भएको छ, जसमध्ये सबैभन्दा धेरै छिमेकी मुलुक चीनबाट आयात भएको छ । 

चीनबाट नेपालमा ७ करोड १२ लाख २२ हजार रुपैयाँ बराबरको ५२ हजार ५५६ मास्क आयात भएको छ । यसबाट राज्यले १ करोड ५१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

यस्तै छिमेकी मुलुक भारतबाट नेपालमा ५१ लाख ३२ हजार रुपैयाँ बराबरका १० लाख ८८ हजार २८२ पिस मास्क आयात भएको छ । यसबाट मुलुकले १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ  ।

फेस मास्क आयात विवरण 

गत जेठ १५ देखि असार मसान्तसम्ममा मुलुकमा ३५ करोड ८० लाख रुपैयाँ बराबरको फेस मास्क आयात भएको थियो  ।

जेठ १५ देखि साउन मसान्तसम्ममा मुलुकमा फेस मास्क मात्रै ४३ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको छ । 

स्यानिटाइजर मात्रै १२ करोड बढीको आयात

साउन महिनामा मात्रै विभिन्न मुलुकबाट १२ करोड २४ लाख १९ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार, सो मूल्यमा २ लाख ८८ हजार ९३३ केजी स्यानिटाइजर नेपाल भित्रिएको छ । 

साउन महिनामा नेपालमा भारतबाट सबैभन्दा बढी ७ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार ९५९ केजी स्यानिटाइजर आयात भएको छ । 

यस्तै चीनबाट ३ करोड २ लाख ३४ हजार रुपैयाँ बराबरको ६१ हजार ५३२ केजी स्यानिटाइजर आयात भएको छ । 

यसबाहेक मुलुकमा जापान, कोरिया, न्युजिल्याण्ड, युएई र भियतनामबाट  पनि स्यानिटाइजर आयात भएका छन् ।  

मुलुकमा जेठ १५ देखि असार मसान्तसम्मको अवधिमा २९ करोड ५० लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको थियो । 

स्यानिटाइजर आयातको विवरण 

 साउन महिनामा ५ करोड ६७ हजार रुपैयाँ बराबरको अन्य डिसइन्फेक्सनका सामग्री आयात भएका छन् ।

चीन, भारत, मलेसिया, थाइल्याण्ड लगायतका मुलुकबाट यस्तो सामान आयात भएको हो । 

कोरोना महामारीसँग जुध्नका लागि मास्क, स्यानिटाइजर लगायतका सामग्रीमा एक महिनाको अवधिमै कुल २४ करोड ९७ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्