×

NIC ASIA

कोरोनाले थपेको भार

चीनदेखि चेक गणतन्त्रसम्मबाट मास्क आयात, एक महिनामै बाहिरियो झण्डै २५ करोड !

भदौ १०, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड- १९) को महामारी बढ्दै जाँदा नेपालमा मास्क तथा स्यानिटाइजरको आयात बढेको छ । 

Muktinath Bank

गत साउन महिनामा मात्रै मुलुकमा ७ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको भन्सार विभागले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा विभिन्न १६ मुलुकबाट मास्क आयात भएको छ, जसमध्ये सबैभन्दा धेरै छिमेकी मुलुक चीनबाट आयात भएको छ । 


Advertisment
Nabil box
Kumari

चीनबाट नेपालमा ७ करोड १२ लाख २२ हजार रुपैयाँ बराबरको ५२ हजार ५५६ मास्क आयात भएको छ । यसबाट राज्यले १ करोड ५१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

Vianet communication

यस्तै छिमेकी मुलुक भारतबाट नेपालमा ५१ लाख ३२ हजार रुपैयाँ बराबरका १० लाख ८८ हजार २८२ पिस मास्क आयात भएको छ । यसबाट मुलुकले १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ  ।

फेस मास्क आयात विवरण 

गत जेठ १५ देखि असार मसान्तसम्ममा मुलुकमा ३५ करोड ८० लाख रुपैयाँ बराबरको फेस मास्क आयात भएको थियो  ।

जेठ १५ देखि साउन मसान्तसम्ममा मुलुकमा फेस मास्क मात्रै ४३ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको छ । 

स्यानिटाइजर मात्रै १२ करोड बढीको आयात

साउन महिनामा मात्रै विभिन्न मुलुकबाट १२ करोड २४ लाख १९ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार, सो मूल्यमा २ लाख ८८ हजार ९३३ केजी स्यानिटाइजर नेपाल भित्रिएको छ । 

साउन महिनामा नेपालमा भारतबाट सबैभन्दा बढी ७ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार ९५९ केजी स्यानिटाइजर आयात भएको छ । 

यस्तै चीनबाट ३ करोड २ लाख ३४ हजार रुपैयाँ बराबरको ६१ हजार ५३२ केजी स्यानिटाइजर आयात भएको छ । 

यसबाहेक मुलुकमा जापान, कोरिया, न्युजिल्याण्ड, युएई र भियतनामबाट  पनि स्यानिटाइजर आयात भएका छन् ।  

मुलुकमा जेठ १५ देखि असार मसान्तसम्मको अवधिमा २९ करोड ५० लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको थियो । 

स्यानिटाइजर आयातको विवरण 

 साउन महिनामा ५ करोड ६७ हजार रुपैयाँ बराबरको अन्य डिसइन्फेक्सनका सामग्री आयात भएका छन् ।

चीन, भारत, मलेसिया, थाइल्याण्ड लगायतका मुलुकबाट यस्तो सामान आयात भएको हो । 

कोरोना महामारीसँग जुध्नका लागि मास्क, स्यानिटाइजर लगायतका सामग्रीमा एक महिनाको अवधिमै कुल २४ करोड ९७ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x