×

NMB BANK
NIC ASIA

साढे ७ करोड खर्चेर बनेको सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो, कालोपत्रेमै उम्रियो दुबो

भदौ १३, २०७७

NTC
Premier Steels

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित मंगलगढी चोक नजिक २०७३ सालबाट निर्माण गर्न शुरू गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै बसपार्क भित्रको कालोपत्रे उम्किन थालेको छ भने पिचमाथि नै दुबो उम्रिएको छ । 

Muktinath Bank

बसपार्क छेउमै होटल सञ्चालन गर्दै आइरहेका हिम्मत शाहीले भने, ‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा भयो । कालोपत्रेभन्दा माथि दुबो उम्रिएको छ । ठाउँठाउँमा कालोपत्रे उम्किसकेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगर–६ का राकेश पौडेलले भने, ‘कम्तिमा कालोपत्रे गरिएको स्थानमा त्यसरी दुबो नउम्रिनुपर्ने । ठेकेदार र नगरपालिकाको मिलेमतोमा यस्तो कमजोर निर्माण भएको हो । नगरपालिकाले जिम्मा लिने समयमा सबै जाँच गर्नुपथ्र्यो ।’


Advertisment
Nabil box
Kumari

१५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७३ सालबाट थालिएको बसपार्क निर्माण कार्य २ पटक म्याद थप गरी निर्माण भएको हो । २०७४ जेठ १४ गते बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता गरेको कम्पनीले २०७६ कात्तिकमा नै बसपार्क नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

Vianet communication

६ करोड ८२ लाख ७५ हजार ८८९ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बसपार्क निर्माणमा ढिलाइ हुँदा लागत अनुमानभन्दा ६२ लाख बढी खर्च भएको छ । झण्डै साढे ७ करोड अर्थात् ७ करोड ४४ लाख लागतमा बसपार्कको निर्माण सकिएको हो । नगर विकास कोषको ७ करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको जनाइएको छ ।

नयाँ बसपार्कमा यात्रुलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कशप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट छन ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले गाडी नचलेका कारण दुबो उम्रिएको बताए । उनले ठेकेदारले आफूलाई बसपार्क हस्तान्तरण गरेको १ वर्षभन्दा बढी भइसकेको बताउँदै मर्मत गरेर गाडी चलाइने बताए । उनले कोरोना त्रासपश्चात बसपार्क सञ्चालनको तयारी भइरहेको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x