२३ असार २०८३, मंगलबार

अख्तियारकाे फन्दामा परेका उपभाेक्ता समितिका अध्यक्ष र सचिव छुटे, ठेकेदार नियन्त्रणमै

भदौ १३, २०७७
अख्तियारकाे फन्दामा परेका उपभाेक्ता समितिका अध्यक्ष र सचिव छुटे, ठेकेदार नियन्त्रणमै

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले दैलेख गुराँस गाउँपालिका-६ को  सडक स्तराेन्नतिका क्रममा रकम हिनामिनाकाे आराेपमा नियन्त्रणमा लिएका तीन जनामध्ये दुई जनालाई रिहा गरेकाे छ।

उचुला-पुलिया सडक स्तराेन्नति गर्न गठन गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्द ओली र निर्माण व्यवसायी हिक्मतबहादुर ओलीलाई अख्तियारले शुक्रबार नियन्त्रणमा लिएकाे थियाे।

अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकाेटाका अनुसार उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई फेरि उपस्थित हुनेगरी छाडिएकाे छ भने निर्माण व्यवसायी ओलीलाई सोधपुछका लागि नियन्त्रणमै राखिएको छ। 

गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत निर्वाचन क्षेत्र विकास कोषबाट संचालित भिउँचुला-बगौरा-पुलिया सडक स्तरोन्नति कार्यको उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले २ लाख ७६ हजार रकम बाँडेर लिएका थिए।

सडक निर्माणको रकम ३ जनाले ९२-९२ हजार बाँडेको खुलासा भएको थियो। त्यसपछि सबैतिर चर्चाको विषय बनेको छ। रकम बाडेको अडियो सार्बजनिक भएको थियो।

अडियोमा निर्माण व्यवसायी हिक्मत ओली र गाउँपालिका सवइन्जिनियर नबिन विसी पनि यो प्रकरणमा मुछिएका छन्। प्रकरणमा मुछिएका सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको सापकोटाले जानकारी दिए। 

उपभोक्ता समितिका पदाधिकारीहरुले रकम लिएको सार्बजनिक रुपमै स्वीकार गरिसकेका छन् भने निर्माण व्यवसायी ओलीले आफुले रकम नलिएको र काहीँ कतै गलत भेटिए कारबाही भोग्न तयार रहेको बताउँदै आइरहेका छन् ।

उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ४९ लाख ६२ हजार पाँच सय रकम प्रदेश सरकारबाट विनियोजन गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्