२९ असार २०८३, सोमबार

‘होम डेलिभरी’ सेवामा रोक नलगाउन विवेकशीलकाे आग्रह

‘होम डेलिभरी’ सेवामा रोक नलगाउन विवेकशीलकाे आग्रह

विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ।

सो दलका उपाध्यक्ष अजिता राईले शनिबार प्रेस विज्ञप्ति जारी गरी कोभिड-१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएको व्यक्तिहरुलाई प्रहरी धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेकी हुन्। 

हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको भन्दै त्यसो नगर्न आग्रह गरिएकाे छ। धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ।

सो दलले धरपकडको विरोध गर्दै ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई आफ्नो सेवा सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन।’ 

salt training

कमेन्ट गर्नुहोस्