२७ असार २०८३, शनिबार

कोरोनाबाट बुटवलमा थप एक जनाको मृत्यु

भदौ १४, २०७७
कोरोनाबाट बुटवलमा थप एक जनाको मृत्यु

बुटवल आइतबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुने व्यक्ति बुटवल उप–महानगरपालिका वडा नम्बर ५ रुपन्देहीका ६७  वर्षीय पुरूष हुन् । 

उच्च ज्वरोका कारण आइतबार बिहान चार बजे अस्पताल आएका व्यक्तिको द्रुत परीक्षण विधिबाट पीसीआर जाँच गर्दा कोभिड–१९ देखिएको बुटवलको कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । 

‘कोभिड देखिएपछि उहाँलाई आईसीयूको आवश्यकता देखेर हामी भरतपुर रिफर गरेका थियौ, यहाँको आईसीयू र भेन्टिलेरट बेड बिरामीले भरिएका छन् । परिवारले लैजान नसक्ने अवस्था आएपछि आइसोलेसनमा राखेर अक्सिजन दिँदादिँदै उहाँको मृत्यु भयो,’ डा. थापाले भने । 

उनको आइतबार दिउँसो निधन भएको हो ।  कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको  छ । योसँगै रुपन्देहीमा

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्