२० असार २०८३, शनिबार

जहाँ एमालेका तर्फबाट महिला मात्र उम्मेदवार छन्

कात्तिक २०, २०७४
जहाँ एमालेका तर्फबाट महिला मात्र उम्मेदवार छन्

काभ्रे २२ वैशाख– राजनीतिमा महिला सहभागिता न्यून भएको भन्दै निर्वाचन कानूनमा महिलाका लागि आरक्षण सिट व्यवस्था गरेसँगै स्थानीय निर्वाचनमा देशभर अनिवार्य महिला उम्मेदवार निर्वाचनमा उठरिहेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ३ मा नेकपा एमालेका तर्फबाट पाँचै जना उम्मेदवार महिला छन । वडा अध्यक्ष देखि महिला र दलित सदस्यमा महिला मात्रै उम्मेदवारी पर हो । पाँचैजना महिलाले उम्मेदवारी पाएसँगै यत्तिखेर पाँचखाल नगरपालिकाको वडा नं. ३ चर्चामा छ ।

‘महिला मैत्री नमुना वडा’ निर्माणका लागि महिलालाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कंचन अधिकारीले बताए । पार्टीले वडाका सबै पदमा महिला उम्मेदवारी दिएकोमा वडा अध्यक्ष विमला शर्मा पनि दंग छिन् ।

‘महिलाको बारेमा कुरा त धेरैले गर्छन् तर यसरी नमुना ढँगले हाम्रो वडामा मात्र उम्मेदवारी पायौ यो हाम्रो अवशर हो’शर्माले लोकान्तरसँग भनिन् ।

पाँचखाल वडा नं. ३ बाट वडा अध्यक्षमा विमला शर्मा सदस्यमा निरु नेपाल, दलित महिला सदस्यमा मैना सार्की तथा खुल्ला सदस्यमा पार्वती लुईटेल र रोहितकुमारी हुमागाई उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्