२९ असार २०८३, सोमबार

फेसबूकमा अपशब्द लेख्दै सिडीओलाई गाली गर्ने युवक पक्राउ

भदौ १६, २०७७
फेसबूकमा अपशब्द लेख्दै सिडीओलाई गाली गर्ने युवक पक्राउ

सुर्खेतमा कोरोना संक्रमण बढदै गइरहेको थियो । कोरोना संक्रमण बढेसँगै जोखिम बढेको बताउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ एक गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी गर्यो ।

‘हाम्रा मुख्य नाका बबई, कुइने हुन । ती नाकाबाट आउने हरेक व्यक्तिमा कडाई गर्न सकियो भने तराईमा देखिएको खतरनाक भाइरस कर्णाली नपसोस र त्यसले जनधनको क्षति नगरोस  भनेर हामीले निषेधाज्ञा लगाएका हौं,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ)  हिरालाल रेग्मीले भने, ‘तर हाम्रो त्यहि कदमको विरोध गर्दै केहि व्यक्तिले मलाई व्यक्तिगत रुपमा सामाजिक सञ्जालमार्फत गाली गर्न थाले । सामाजिक सञ्जालको प्रयोग सहि रुपमा गर्नुको साटो कानूनी राजको बर्खिलाप हुने गरी गाली बेइज्जती गरेको देखियो । त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न पनि आवश्यक कानूनी उपचार गर्नुपर्छ भन्ने लागेर उनलाई नियन्त्रणमा लिइएको हो ।’

सीडीओ रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर–१२ का राजन चालिसे शनिबार पक्राउ परेका थिए ।

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले पुष्टि गरे ।

डीएसपी घर्तीका अनुसार फेसबुकमा सीडीओलाई गालीगलौज गर्ने ती युवक शनिबार नै पक्राउ परेका हुन् । ‘महामारीका बेला फेसबुकमा प्रजिअलाई गाली गरेकाले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ डीएसपी घर्तीले भने, ‘अभद्र व्यवहार अन्र्तगत मुद्दाको प्रक्रिया अघि बढेको छ ।’ 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो । यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेका थिए ।

सामाजिक सञ्जालबाट आक्रोशसंगै तल्लो स्तरको गाली, गलौजमा उत्रिदै राजनीतिक नेतृत्व, जनप्रतिनीधिदेखि सामाजिक अगुवाहरु सबैलाई गाली गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्