×

NMB BANK
NIC ASIA

कर्णालीमा निर्बाध चल्दैछन् ‘ठग यातायात’ : यात्रुबाट टिकट विनै ५ हजारसम्म भाडा असुली

भदौ २२, २०७७

NTC
Premier Steels

कालिकोटको खाँडाचक्र नगरपालिका–६ का रमेश विश्वकर्मा ३ दिनअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट फर्किए । अन्तरजिल्ला यातायात सरकारले बन्द गरेको बेला उनले भने चर्काे भाडादरमा सार्वजनिक यातायातमा यात्रा गर्न पाए ।

Muktinath Bank

वीरेन्द्रनगरस्थित काँक्रेविहार यातायात प्रालिको काउन्टरमा सम्पर्क गर्दा ५ हजार रुपैयाँ तिरेर कालिकोट पुग्न सफल भइएको उनी बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई घर जानैपर्ने बाध्यता थियो । काउन्टरमा ५ हजार मागेपछि मैले अलि मिलाउनुस् भने । तर ५०० पहिल्यै छुट गरिसकेको र अब कम नहुने भन्दै पूरै ५ हजार लिए,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

अत्यावश्यक अवस्थामा परेका र चर्काे भाडा तिर्न सक्नेहरू यात्रा गरिरहे पनि कतिपय सोधपुछमै सीमित हुन्छन् । दैलेखको आठबीस नगरपालिका–४ का अग्र सिजापति काउन्टरको सम्पर्कमा पुगे पनि चर्काे भाडादर सुनेपछि राकम कर्णाली गएनन् ।

Vianet communication

जुम्लाको चन्दननाथ गाउँपालिका–३ का सर्जन शाहीले पनि चर्काे भाडादर सुनेपछि घर जाने योजना स्थगित गरेका छन् । वीरेन्द्रनगरमा सिकर्मी काम गर्ने शाही लकडाउनपछि फुर्सदिला छन् । तर घर जान पाएका छैनन् । ‘हामी गरीबका लागि मात्रै सरकारले लकडाउन नलगाइदिए हुन्थ्यो । कम्तिमा दोब्बर भाडा तिर्न हामी तयार छौं । यहाँ चौबल भाडा असुल्न थालेका छन्,’ उनले गुनासो गरे ।

संवाददाता स्वयं सोमवार बिहान ११ बजे वीरेन्द्रनगर बसपार्कमा पुग्दा काँक्रेविहार यातायात प्रालिको काउन्टरमा दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीका लागि साँझ ५ बजे गाडी जाने जानकारी पाइयो । काउन्टरका कर्मचारी कमल विश्वकर्माले प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले ३ जनाको ७ हजार ५०० हुने र त्यसमा ५०० रुपैयाँ छुट दिने बताए ।

बसपार्कको एक काउन्टरमा काम गर्दै आइरहेका नाम नबताउने कर्मचारीले प्रहरीसँगको मिलेमतोमा हरेक दिन हाइसहरू दैलेखतर्फ गइरहेको बताए । ‘हरेक दिन साँझ ४ बजेदेखि ५ बजेको समयमा हाइसहरू जाने गर्छन् । सुर्खेतको सीमासम्म जाने भन्दै प्रहरीको मिलेमतोमा गाडी दैलेख जाने गरेका छन्,’ उनले भने ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि संघीय सरकारले नै देशभर अन्तरजिल्ला यातायात बन्द गरेको छ । यतिबेला केही सार्वजनिक यातायात सँगसँगै निजी नम्बर रातो प्लेटका सवारीसाधनले समेत यात्रुबाट चर्काे भाडा लिइरहेका छन् ।

काँक्रेविहार यातायात प्रालिका अध्यक्ष लोगबहादुर थापाले प्रायः दिन बेलुकी लुकीछिपी गाडीहरू दैलेख, कालिकोट लगायत जिल्ला जाने गरेको बताए । ‘यसमा समिति जिम्मेवार हुँदैन, गाडी मालिककै जिम्मा हुने गरी चलिरहेका छन्,’ उनले भने, ‘मेरै गाडी त २७ हजार ३०० रुपैयाँ तिरेर छुटाएको हो । मौखिक रूपमा कसले कति भाडा लिन्छ थाहै हुँदैन । अनुहार हेरेर भाडा लिइरहेका छन् ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले गाडी जिल्लाभित्र मात्रै जोरबिजोरमा सञ्चालन भइरहेको बताउँदै अन्य जिल्लामा नगएको दाबी गरे । ‘मलाई यसबारेमा तपाईंले भनेपछि मात्रै थाहा भयो, म आजैदेखि टीम खटाउँछु । यात्रुलाई सोधेर मात्रै पठाउने र पत्ता लागेको खण्डमा कानून बमोजिम कारवाही गर्छु,’ उनले भने ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले लकडाउन शुरू भएयता कुनै पनि सवारीसाधनलाई यात्रु बोक्न भनेर पास नदिइएको बताए । ‘विशेष अवस्थामा अत्यावश्यक कामका लागि अन्य जिल्लासँगको समन्वयमा हामीले पास दिइरहेका छौं,’ उनले भने, ‘कुनै पनि सवारीसाधनलाई हामीले भाडा लिने गरी यात्रु ओसार्न दिएका छैनौं । पास विना कोही जान्छ भने त्यसलाई कारवाही गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x