०७ असार २०८३, आइतबार

कैलालीमा अति दुर्लभ साल माछा फेला

भदौ २५, २०७७
कैलालीमा अति दुर्लभ साल माछा फेला

कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने साल माछा फेला परेको छ ।

करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने छाला फेला परेको हो ।

बुधवार राती स्थानीयको घरमा पस्न खोजेपछि स्थानीयले समातेर भाँडो राखेर प्रहरीलाई खबर गरेको स्थानीय युवा प्रविन चौधरीले जानकारी दिए ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सो साल माछा उद्धार गरिसकेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने बताए ।

डिभिजन प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिए ।

कैलाली जिल्लामा यसको संख्या अति न्यून रहेको बताए । यसको खपेटाको लागि चोरी तस्करी हुँदै आएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्