०५ साउन २०८३, मंगलबार

काेभिड-१९ नियन्त्रणमा आयुर्वेदकाे प्रयाेग बढाउनुपर्छ- प्रधानमन्त्री ओली

काेभिड-१९ नियन्त्रणमा आयुर्वेदकाे प्रयाेग बढाउनुपर्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा  नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण  भूमिका हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उनले कोभिड-१९ को  रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने बताए।

प्रधानमन्त्री ओलीले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकीकरणको प्रक्रिया मिसाउनुपर्ने बताए।  आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने प्रवृत्ति हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको जनाउँदै यसमार्फत भविष्यमा सिङ्गो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष्य राखिएको उनले बताए।

कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोग मात्रै नगर्न र यसको प्रयोगलाई बढाउन उनले सबैको ध्यानाकर्षण गरे। प्रधानमन्त्री ओलीले आयुर्वेदमार्फत उपचारमा हाल भइरहेका काम र उपयोगी घरेलु विधिको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्न पनि आग्रह गरे।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा रामआधार यादव, डा सन्तोष ठाकुर, प्रा डा डिबी रोका, डा शिवमङ्गल प्रसाद, डा प्रकाश ज्ञवाली लगायत सहभागी थिए। छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि सहभागी थिए।

salt training

कमेन्ट गर्नुहोस्