२९ असार २०८३, सोमबार

यसरी बनाउनुस् स्वादिलो बेसनको रोटी र अचार

यसरी बनाउनुस् स्वादिलो बेसनको रोटी र अचार

आँटाको रोटी खाँदाखाँदा मुख फेर्न चाहनुभएको छ भने बेसनको रोटी खानुस्। यो स्वादिलो हुनुका साथै स्वस्थ पनि हुन्छ। यहाँ हामी बेसनको रोटी बनाउन सिकाउँछौं।

सामग्री

(बेसनको रोटीका लागि)
बेसन ५५० ग्राम
बेसनको पीठो ३०० ग्राम
रातो खुर्सानी एउटा
जीरा आधी चम्चा
नून एक चम्चा
पानी ५५० मिलिलिटर
तेल एक चम्चा
घिउ दल्नलाई 

(अचारका लागि)
लसुन एउटा
सुकेको रातो खुर्सानी पाँचवटा
पानी ५० मिलिलिटर
मेथीको बीउ आधी चम्चा
नून आधी चम्चा

विधि
(अचारका लागि)

ब्लेन्डरमा लसुन, रातो खुर्सानी र पानी हालेर ब्लेन्ड गर्नुस् । 

एउटा प्यानमा तेल तताएर मेथीको बीउ हालर पड्काउनुस् । 

अब त्यसमा ब्लेन्ड गरिएको मिश्रण हाल्नुस् र मिसाउनुस् । 

अब त्यसमा नून हालेर मज्जाले मिसाउनुस् र एउटा भाँडोमा राख्नुस् । 

(बेसनको रोटीका लागि)
एउटा भाँडोमा तेल राखेर अन्य सबै सामग्री मिसाउनुस् र त्यसलाई नरम आँटाजस्तो गरी मुछेर त्यसमा तेल हालेर पाँच मिनेटसम्म एकातिर राख्नुस् । 

अब पीठोबाट मध्यम आकारको डल्लो बनाउनुस् र रोटी जस्तो गरी बेल्नुस् । 

एउटा ताउ तताएर रोटीलाई सुनौलो खैरो रंग हुन्जेलसम्म सेक्नुस् र अर्कोतर्फ पल्टाउनुस् । 

अब त्यसमा ब्रशले घिउ दल्नुस् र अर्को साइड पनि सुनौलो खैरो रंगको हुन्जेल सेक्नुस् ।

यस प्रक्रियालाई फेरि दोहो–याउनुस् । 

बेसनको रोटी तयार भयो । अब चटनीका पस्किनुस् ।  एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्