काठमाडौं, २४ बैशाख — वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको रोगका कारण निधन भएको छ । ८६ वर्षीय शर्माको आज बिहान आफ्नै घर कमलादीमा निधन भएको हो ।
प्रगतिशील लेखकका रुपमा चिनिएका शर्मा पत्रकार तथा राजनीतिज्ञ पनि थिए । खासगरी निबन्धकारका रुपमा परिचित शर्मा कम्युनिष्ट विचारसँग बढी नजिक थिए ।

अल्जाइमर रोगले ग्रसित शर्मालाई आज दिउँसो २ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने र ३ बजे आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।