
गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित भएको छ ।
प्रदेशसभाका ५८ औं बैठकबाट सामान्य संशोधनसहित विधेयक पारित भएको हो ।
संघीय खेलकुद ऐनसँग नबाझिने गरी तयार विधेयक असोज ५ मा प्रदेश सभामा दर्ता भएको थियो ।
सो विधेयकमा उल्लेखित १९ सदस्यीय बोर्ड सदस्य रहनेमा २५ सदस्यीयसम्म रहने गरी सामान्य संशोधनसहित पारित भएको प्रदेश सभा सचिवालयका प्रवक्ता राजेन्द्र न्यौपानेले जानकारी दिए ।
विधेयक पारितसँगै प्रमाणीकरणपछि सदस्य सचिव छनोटका लागि समिति गठन हुनेछ । जसमा ३ सदस्यीय समिति गठन गर्ने प्रावधान उल्लेख छ ।
प्रदेशको खेलकुद विकास समिति सदस्यसचिवको लागि स्नातक तह उत्तीर्ण र ६० वर्षसम्म उमेर हद तोकिएको छ ।
यस्तै, ५ सदस्यीय कार्यकारी बोर्डसमेत गठन हुनेछ । बोर्डको कार्यकाल ४ वर्षको हुनेछ ।