×

NMB BANK
NIC ASIA

कर्णालीका चित्रकार सुवास : मनमोहक चित्र कोरेर कमाइ सँगसँगै आत्मसन्तुष्टि

असोज २४, २०७७

NTC
Premier Steels

भनिन्छ, हुने बिरुवाको चिल्लो पात । सुर्खेत जिल्लाको वीरेन्द्रनगरका सुवास शाक्य स्कूले विद्यार्थी हुँदादेखि नै चित्रकलामा सुन्दर कला प्रदर्शन गरिरहन्थे ।

Muktinath Bank

पहिलो पटक ३ कक्षामा अध्ययन गर्दा उनले चित्र कोरेर स्कूलको भित्तामा टाँस्दा शिक्षकले स्याबासी दिए । शिक्षकको स्वाबासीले उनी प्रेरित भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०३२ सालमा जन्मिएका सुवास बुवा जीवनकुमार शाक्यको चित्रकला र मुर्तिकला देख्दै हुर्किए । उनी चित्रकलाको गुरुको रूपमा आफ्ना बुवालाई नै लिन्छन् । बुवाको काममा सहयोग गर्दागर्दै थोरै–थोरै लेख्न ब्रसबाटै सिकेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

पहिलोपटक २० वटा कुर्सी–टेबलमा पेन्टिङ तथा लेखाइ गरेर १ हजार रुपैयाँ कमाउँदा हजुरआमाको हातमा दिएको उनी स्मरण गर्छन् । त्यो कमाइ हजुरआमाले पछिसम्म पनि खर्च नगरेर राखेका उनी बताउँछन् ।

Vianet communication

‘संगत अनुसारको फल’ भनेझै सुवास एकपल्ट चित्रकलाबाट बिमुख हुन लागे । युवावस्थामा टेक्दै गर्दा उनी साथीहरूको लहलहैमा लागेर चितवनको नारायणघाट पुगेर बसमा काम गर्न थाले । दिनभर सुत्ने र रातभर यात्रु खोजेर टिकट काट्ने काम थाले उनले । सुवासको कामबाट बुवा असन्तुष्ट भएनन् । सुवासले बुवाबाट गाली खाए । बुवाको दबाबले सुवास नेपालगञ्ज फर्किएर कमल आर्टमा काम गर्न थाले ।

सुवासले २०५२ सालमा सुर्खेतमा बसेर आर्ट व्यवसाय चलाउन शुरू गरे । बीचमा भिडियो क्यासेट पसल पनि सञ्चालनमा ल्याए । ललितकला संस्थाले गरेको चित्रकला सम्बन्धी प्रतियोगितामा व्यक्ति चित्रको विधामा ‘पेन्सिल चित्र’ तर्फबाट मध्यपश्चिम प्रथम भएर उनले खुलामञ्चमा प्रमाणपत्र थापे तर त्यो प्रमाणपत्रमा उनको नामै गलत लेखिएको थियो । सुवास शाक्य हुनुपर्नेमा सुबोध शाक्य भनेर नाम गलत लेखिएपछि प्रमाणपत्र नै च्यातेर फालेको उनी स्मरण गर्छन् ।

‘चित्रकलामा मन लगाएर काम गरिरहेको छु । यही कलाले सुर्खेतमा मलाई चिनायो, नाम र दाम दुवै दियो,’ उनले सन्तुष्टि व्यक्त गरे । उनले धेरै व्यक्तिलाई चित्रकला सिकाइरहेका छन् । तीमध्ये धेरै जना यही पेशामा लागेका छन् भने कोही सोखले चित्र कोर्छन् । सुर्खेतमै चित्रकला र पेन्टिङबाट उनले मासिक ५० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।

प्रदेश राजधानी रहेको सुर्खेतमा निजी क्षेत्रबाट सञ्चालित होटल, स्कूल, रेस्टुरेन्टका भित्तामा पेन्टिङ र चित्रहरू बनाउँदा उनलाई पनि रमाइलो नै लाग्छ । तर सरकारी काममा नरमाइलो अनुभव रहेको उनी सुनाउँछन् । सरकारी कार्यालयमा कामको कुरा गर्दा कर्मचारीहरूले कमिसनमा बढी ध्यान दिने गरेको र कमिसन खान नपाउँदा कामको सम्झौता नगर्ने उनको तीतो अनुभव छ ।

सुवासले २ जना युवालाई प्रत्यक्ष रोजगारी दिएका छन् । केटीएम स्कूलमा आर्ट सम्बन्धी पढाउँछन् । उनी ‘रिटायर्ड लाइफ’ आफूले जानेको सीप बालबालिकालाई सिकाउन घरमै आर्ट स्कूल सञ्चालन गर्ने योजनामा छन् । आर्ट क्षेत्रमा दामभन्दा पनि नाम रहेको उनले बताए । ‘राम्रो गर्दै गए भने आफ्नो ठाउँ, देश, विदेशमा एउटा अलग पहिचान बन्छ,’ उनले भने । आर्टकै कमाइले सुवासले ७ जनाको परिवार पाल्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x