०९ असार २०८३, मंगलबार

कर्णालीमा कोरोनाबाट ०.२ प्रतिशतको मृत्यु

कात्तिक १, २०७७
कर्णालीमा कोरोनाबाट ०.२ प्रतिशतको मृत्यु

कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ०.२ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताएका छन् ।

कर्णालीमा हालसम्म ४ हजार नौ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये तीन हजार ६ सय ७८ जना निको भइसकेका छन् ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ जना रहेको छ । १२ सय ३५ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको दर असोज ३० गतेसम्म शुन्य दशमलव ६ प्रतिशत रहेको उनको भनाई छ ।

लकडाउन सुरु भएदेखि कर्णालीमा ८३ हजार ६६ जनाको आरटी पिसिआर जाँच भएको छ । त्यसमध्ये पाँच दशमलव नौ प्रतिशतमा कोरोना पुष्टि भएको हो । कोरोनका कारण सुर्खेतका पाँच जना, दैलेखका चार जना, कालिकोटका, डोल्पाका एक एक जना, बाँकेमा एक जनाको मृत्यु भएको छ ।

कर्णालीमा ३५३ वटा क्वारेन्टीन निर्माण गरिएका छन् । ती क्वारेन्टीनमा २२ हजार ७८६ बेड छन् भने असोज तीस सम्म क्वारेन्टाईनमा पाँच सय २३ जना बस्दै आइरहेका छन् ।

उनका अनुसार १११ वटा हेल्थ डेस्क कर्णालीमा छन् । हेल्थ डेस्कबाट हालसम्म तीन लाख ६३ हजार ७८१ जनाको जाँच गरिएको छ । ज्वरो क्लिनिकबाट सेवा लिनेको संख्या ५७ हजार ७५३ रहेको छ ।

२६ वटा भेन्टिलेटर, ६२ आइसीयू बेड
कर्णालीमा प्रदेश अस्पतालमा १०, दैलेख अस्पतालमा २, सल्यानमा एक, रुकुम पश्चिममा एक, जाजरकोटमा एक,, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, कालिकोटमा २, हुम्लामा २ र मुगुमा एक वटा भेन्टिलेटर रहेका छन् ।

यस्तै प्रदेश अस्पतालमा २५, दैलेखमा पाँच, जाजरकोटमा २, सल्यानमा २, रुकुम पश्चिममा दुई, चौरजहारी अस्पतालमा २, जुम्लामा १०, कालिकोटमा पाँच, हुम्लामा पाँच र मुगुमा २ आइसियु रहेका छन् ।
लकडाउन पश्चात कर्णालीमा ८२ हजार भित्रिए ।

असोज तीस गते सम्मको विवरण अनुसार लकडाउन पश्चात कर्णालीमा भारत तथा अन्य स्थानबाट ८२ हजार एक सय २३ जना भित्रिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । लकडाउन पश्चात भारतबाटै मात्र आउनेको संख्या ६२ हजार ६५३ जना, तेश्रो मुलुकबाट आउनेको संख्या एक हजार २७ र अन्य प्रदेशबाट आउनेहरुको संख्या १८ हजार ४४३ जना रहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्