
पोखरा महानगरपालिका वडा १७ का ४७ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको शुक्रबार साँझ पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार मध्यान्हमात्र विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।
गत असोज २३ मा कोरोना पुष्टि भएका उनमा श्वासप्रश्वासमा समस्या तथा निमोनिया देखिएको थियो । योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । चरकमा अघिल्लो सातामात्रै अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यसैबीच, गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।
शनिबारमात्र थप ७६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखराका ५३ जना हुन् । उनीहरुको नमुना परीक्षण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको हो ।