
पोखरामा एक वृद्धाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
पोखरा महानगरपालिका वडा ९ की ७० वर्षीया महिलाको पोखराको चरक मेमोरियल अस्पतालमा आइतबार बिहान पौने ९ बजे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।
कोरोना संक्रमित ती वृद्धामा निमोनिया तथा उच्च रक्तचाप समस्या थियो । चरक मेमोरियलमा यसै सातामात्र लगातार ३ जना मानिसको ज्यान गइसकेको छ ।
गण्डकीमा यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।
यसैबीच, गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ५ हजार ७ सय ३० पुगेको छ ।