०२ साउन २०८३, शनिबार

सुरु भयो करदाता सेवा

कात्तिक ४, २०७७
सुरु भयो करदाता सेवा

जिल्लाको कमलामाई नगरपालिका ५ मधुटारमा स्थापना गरिएको करदाता सेवा कार्यालयले आजबाट सेवा सुरु गरेको छ ।
सिन्धुलीका करदाताको सुविधाका लागि स्थापना गरिएको सो कार्यालयले दशैँपछि सेवा सुरु गर्ने भनिएपनि आजैबाट सेवा सुरु गरेको हो । कार्यालयका कर अधिकृत चन्द्र दाहालले व्यवस्थापकीय काम बाँकी भएपनि करदताको सुविधाका लागि आजैबाट सेवा सञ्चालन गरिएको जानकारी दिए ।

यसअघि यहाँका करदातालाई कर तिर्न ३७ किलोमिटर टाढामा रहेको महोत्तरीको बर्दिबास र धनुषको जनकपुर जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
उद्योग वाणिज्य सङ्घ सिन्धुलीका अध्यक्ष अम्रेसचन्द्र वैदारले कर कार्यालय र करदाताको साझेदारी बढाउन आग्रह गर्दै सेवा शुरु भएकामा खुशी व्यक्त गरे । जिल्लामा सात हजार २ सय करदाता छन् ।

salt training

कमेन्ट गर्नुहोस्