२३ असार २०८३, मंगलबार

कस्तो मिठो ‘निदाउँकी सपनीमा’

कात्तिक ७, २०७७
कस्तो मिठो ‘निदाउँकी सपनीमा’

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सांगितिक कथा ‘निदाउँकी सपनीमा’ सार्वजनिक गरिएको छ । यो गीत सार्वजनिक भएको केहि मिनेटमै निकै राम्रो प्रतिक्रिया पाएको छ ।

सन्तोष सेनको निर्देशन तथा परिकल्पनामा निर्माण गरिएको गीत र यसको भिडियोले ‘कोभिड–१९’को विषम परिस्थितीमा भाइरसको प्रवाह नगरी आम नागरिकको जिवन बचाउन आफ्नो जिवन समर्पण गरेका आम स्वास्थ्यकर्मीको कथा बोलेको छ ।

भिडियोमा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउत, रेश्मा घिमिरे, नेरिस्का स्थापित, युसिन चन्द, कमलेस वराल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ, जसले आम स्वास्थ्यकर्मीले कतिसम्म आफ्नो जिवन दाउमा राखेर विरामीको उपचार गरिराखेका थिए भन्ने देखाउँछ ।

चक्र वहादुर चन्द, मिलन सेन ठकृरीको निर्माण रहेको गीतलाई प्रितम विष्टले लगानी गरेका हुन् । गीतको भिडियो पुरुषोत्तम प्रधानले खिचेका हुन । भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर संयोजन, विनोद कठायतको आर्ट डाइरेक्सनमा भिडियो निर्माण भएको हो ।

एलिस कार्कीको संगीत, सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको गीतका शव्द राजेश कुमार श्रेष्ठले लेखेका हुन् ।

आसुसेन फिल्म प्रोडक्सनबाट निर्माण सकिएको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन कोभिड १९ ले रोकेको छ भने यो ब्यानरबाटै निर्माण हुन लागेको अर्को चलचित्र ‘हुतुतु’ निर्माणको तयारीमा छ ।

 

salt training

कमेन्ट गर्नुहोस्