
अमित संग्रौला
कोरोना कहरको बीचमा
आएको छ यसपालीको दसैं
गज्जब तरिकाले आएको छ
न भिड छ न यातायात नै छेक्छ ।
न मौसम न दुरि नै छेक्छ ।
दसैं आएको छ
हाम्रो सहरतिर पनि
घरभित्र सिमित छ
दुर्गा भवानीको पुजा पाठ गरेर
यसपालिको दसैं मनाउनु छ ।
पोहोर परालका दसैंतिर
मन्दिर जाने पुजापाठ गर्ने
गरेका थियौं यसपालि स्वयंम
दुर्गा भवानी घर - घरमा आउँदै हुनुहुन्छ ।
आशीर्वाद लिनु छ दिनु छ
कतै जानु छैन
कसैलाई भेट्नु पनि छैन
जतातहिँ महामारीको समय छ
हो सामाजिक संजालबाट नै
आशीर्वाद लिए हुन्छ
आशीर्वाद दिए हुन्छ ।
हो यसपालिको दसैं यस्तै भयो
बाँचिएछ छ भने
अर्को दसैंमा भेटौला
खुसी बाढाैला
त्यो आत्मीयता कायम राखौंला ।
दसैंमा पनि भेट्न आएन भनेर
दुख नमान्नु अर्कोसाल
म भेट्न आउनेछु
आशीर्वाद थाप्ने छु ।
सजग हुनु सतर्कता अपनाउनु
सुरक्षित हुनु ब्यस्त हुनु
स्वास्थ हुनु आफैभित्र रमाउनु
यसपालिको दसैं यस्तै भयो ।
बिर्तामोड, झापा