३२ असार २०८३, बिहीबार

वीरेन्द्रनगर नगरप्रमुख सुवेदीद्धारा दशैं भत्ता आश्रमलाई

कात्तिक १३, २०७७
वीरेन्द्रनगर नगरप्रमुख सुवेदीद्धारा दशैं भत्ता आश्रमलाई

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदीले दशैं भत्ताका रुपमा पाएको पन्ध्र हजार मानव सेवा आश्रममा दिएका छन् ।

उनले पाँच हजार बराबरको खाद्यान्न तथा फलफूल र दश हजार नगद हस्तान्तरण गरेका हुन ।

दशैं भत्ता प्रकरणमा लोकान्तरले समाचार प्रकाशन गरेको थियो । प्रदेश सरकारले जनप्रतिनिधिलाई वर्षमा एक पटक पन्ध्र हजारका दरले चाडपर्व खर्च दिने कानून ल्याएसँगै दशैँको अवधीमा कर्णालीका सबै जनप्रतिनिधिलाई पन्ध्र हजारका दरमा दशैं खर्च वितरण गरिएको थियो ।

दशैँमा मानव सेवा आश्रमका आमा बुवालाई केहि खर्च दिएको हुँ । उनले भने, सानो रकमबाट कम्तिमा उहाँहरुलाई आश्रमले मिठो मसिनो खुवाओस् भन्ने ध्येयका साथ मैले दशैं खर्चको नाममा आएको रकम त्यहाँ हस्तान्तरण गरेको हुँ । उनले प्रदेश सरकारले कानून बनाइदिएका कारण नगरपालिकाले आफूहरुलाई थाहै नदिई खातामा रकम जम्मा गरेको बताए । 

उनले मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । गत वर्ष हामीले आश्रमको भाडा तिरि दिएका थियो । उनले भने, यो वर्ष हामी के गर्न सक्छौं त्यो प्रयास गर्छौं ।

salt training

कमेन्ट गर्नुहोस्