कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
कात्तिक १४, २०७७
राति बल्बको उज्यालोमा किसानहरू सहकारीको गोदामबाहिर लामवद्ध छन् । धेरै भीडभाड भएकाले धकेलाधकेल पनि भइरहेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्ने सरकारी मापदण्ड कसैले पालन गरेका छैनन् । लामवद्ध किसानलाई मल पाए हुन्थ्यो भन्ने आश छ ।
यो दृश्य हो, कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको हो । सुखड बजार क्षेत्रमै रहेको नकरोड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट मल पाउने आशमा किसानहरू सहकारीबाहिर रातभर जाग्राम बस्छन् । मलको अभाव यसपालिको समस्या मात्रै होइन, खेतीपातीको हरेक सिजनमा किसानलाई मल, बिउँ र सिचाइ सुविधा पाउन युद्ध लडेझै संघर्ष गर्नुपर्छ ।
कोरोना त्रासबीच धानखेती गरेका किसान धान भित्र्याएर फेरि हिँउदे बाली तोरी, गहुँ लगाउने तयारीमा छन् तर किसानले आवश्यक रासायनिक मल पाएका छैनन् । मल अभावमै गत वर्ष गहुँखेती गरेका किसानले यस वर्ष पनि मल अभावमै हिउँदे बाली लगाउनुपर्ने बाध्यता छ ।
सहकारी बाहिर रातभर जाग्राम बसेका सुखडका किसान महेश चौधरी भन्छन्, ‘सहकारीबाट मल पाउने आशमा रातभर जाग्राम बस्यौं तर १ बोरा पनि मल पाएनौं । बिहानीपख एकछिन सहकारीको सटर खुलेको थियो तर फेरि बन्द भइहाल्यो । हामी कसैले मल पाएका छैनौं ।’ सुखडमा १ बिघा जमिन रहेका चौधरीलाई अहिले हिउँदे बालीका लागि मल आवश्यक छ ।
सँगै लाइनमा रहेका अर्का किसान बलदेव चौधरीको पनि छुट्टै दुःखेसो छ । उनले भने, ‘हामीलाई डीएपी मल आवश्यक हो । तर सहकारीले डीएपी मात्र दिइरहेको छैन, सुपर, युरिया मिलाएर दिने गरेको छ, हामी किसानलाई अहिले सुपर चाहिएकै छैन, सहकारीले हामीलाई पेलिरहेको छ ।’
सहकारीमा लाइनमा बसेर पनि रित्तो हात घर फर्किएका गणेश शाही भन्छन्, ‘लगातार ३ दिन भयो सहकारीमा मल पाइन्छ कि भनेर लाइनमा बसेको तर अहिलेसम्म मल पाइएन । अब मल पाइने आशा पनि छैन ।’
सहकारीमा मात्रै मल पाइने भए पनि सहकारीले राम्ररी वितरण नगरेको गुनासो अर्का किसान पुष्पा चौधरीले गरिन् । ‘सहकारीले मल वितरणमा विभेद गर्छ । आफ्नाहरूको नाम लिस्ट तयार गरी उनीहरूलाई मात्रै पर्याप्त मल वितरण गर्छ । तर हामी जस्ता सोझासिधा किसानहरूले मल पाउँदैनौं ।’
सहकारीमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीबाट मल ल्याउने गरिएको छ । मल आपूर्तिको १० गुणा बढी कृषकको माग भएकाले मल वितरणमा समस्या भइरहेको नकरोड बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीले बताइन् । ‘हामीसँग मल न्यून मात्रामा छ तर सहकारी बाहिर किसानको लाइन हजारौंको संख्यामा दैनिकजसो भइरहन्छ । त्यसैले मल वितरण गर्न सकिरहेका छैनौं,’ उनले भनिन् ।
कृषि सामग्री र साल्ट ट्रेडिङमै छैन मल, किन हुन्छ बर्सेनि अभाव ?
सुदूरपश्चिममा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मल आपूर्तिको काम गरिरहेका छन् । जसमध्ये ७० प्रतिशत आपूर्तिको जिम्मा कृषि सामग्रीलाई छ भने ३० प्रतिशत जिम्मा साल्ट ट्रेडिङलाई छ । तर आपूर्तिको जिम्मा पाएका दुवै संस्थानसँग मलको मौज्दात छैन । सरकारी अनुदान रकम कम भएका कारण नै बर्सेनि मलको अभाव हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नबलसिंह बोगटीले बताए ।
‘खरिद गर्ने हाम्रो माथिल्लो निकायले हो, त्यहाँ सोध्दा देशभरका लागि ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर खरिद प्रत्येक वर्ष ३ लाख मेट्रिक टनसम्म हुन्छ, त्यसैले यो समस्या दोहोरिरहन्छ,’ उनले भने, ‘सरकारले पर्याप्त मात्रामा बजेट उपलब्ध गराउँदैन । त्यसकारण किसानलाई समस्या भइरहन्छ । सरकारले पर्याप्त बजेट उपलब्ध गराएमा मलको समस्या हुँदैन, किसानले पर्याप्त मात्रामा मल पाउँछन् ।’
किसानको समस्या समाधान र मल आपूर्तिमा स्थानीय सरकारको भूमिका नदेखिएको किसानको गुनासो छ । सुखडका हार्दिक सापकोटा भन्छन्, ‘घोडाघोडी नगरपालिकाले मल वितरण भइरहेका स्थानमा आजसम्म प्रतिनिधि पठाएको हामीले देखेका छैनौं । किसानहरू मलको खौजीमा भौंतारिरहेका छन् तर खै कहाँ छ स्थानीय सरकार ?’
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले स्थानीय तहले सहकारी तथा डिलर छनोट गरी सिफारिस मात्रै गर्ने बताए । ‘प्रदेश तथा संघीय सरकारलाई आवश्यकता छ, मल लगायतका अन्य सामग्री दिनुहोस् भन्छौं तर दिने/नदिने उनीहरूको अधिकार हो । तर पनि किसानका समस्याबारे माथिल्लो तहसँग निरन्तर छलफल र समन्वय गरिरहेका छौं ।’
प्रदेश सरकारका कुरा मात्रै ठूला !
सुदूरपश्चिम प्रदेश सरकारले कृषिबाट क्रान्ति हुने भन्दै जनता फकाउन विभिन्न कार्यक्रम घोषणा गरेको छ । प्रदेश सरकारबाट पनि हालसम्म मलको अभाव समाधान गर्न कुनै पहल भएको देखिएको छैन ।
प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम, कृषिमूलक विभिन्न स्वरोजगार र अनुदानका कार्यक्रम सार्वजनिक गरेको छ । तर किसानलाई बर्सेनि मलको समस्या छ । ‘हामी कृषकको समस्या लिएर कति पटक प्रदेश सरकारका मन्त्रालय धायौं, कति ज्ञापनपत्र बुझायौं । तर सरकार बहिरो र दृष्टिविहीन छ । किसानका पीडा सुन्दैन, देख्दैन,’ गौरीगंगाका किसान माधव खनालले भने ।
मन्त्रीको दाबी : सरकार काम गर्दैछ
सुदूरपश्चिमका किसानले बर्सेनि भोग्दै आएको रासायनिक मलको समस्या समाधान गर्न प्रदेश सरकारले रकम विनियोजन गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले बताइन् । ‘प्रदेशको मल अभावलाई परिपूर्ति गर्न चालू आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड रुपैयाँ विनियोजन गरेका छौं,’ उनले भनिन्, ‘बिउमा हामी आत्मनिर्भर भइसकेका छौं, अब मलमा पनि लगानीको प्रयास गरिरहेका छौं । संघीय सरकारले वितरण गरेको मलले पनि नपुगेका किसानका लागि हामीले वितरण गर्ने योजना बनाएका छौं ।’
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...