२६ असार २०८३, शुक्रबार

बत्ती बलेको तीन दिनपछि अज्ञात समूहद्धारा तोडफोड

कात्तिक १७, २०७७
बत्ती बलेको तीन दिनपछि अज्ञात समूहद्धारा तोडफोड

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ३ को राया गाउँमा तीन दिन अगाडि यही कात्तिक १४ गते उद्घाटन गरिएको विद्युत् अज्ञात समूहले तोडफोड गरेका छन् । राया खोला जलविद्युत्को पावर हाउसको झ्याल, विद्युत् सप्लायर्सका तारलगायतका सामग्री अज्ञात समूहले आइतबार राती तोडफोड गरेको छ ।
   
नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा क्षेत्र विकास कोषबाट रु एक करोड लगानीमा निर्माण कार्य सम्पन्न भएर उद्घाटन कार्य गरी गाउँमा बत्ती बलेको अवस्थामा अज्ञात समूहले तोडफोड गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्