
पोखरामा गएराति एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा १४ की ६७ वर्षीया महिलाको शुक्रबार राति २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
कोरोना संक्रमित भई गत कात्तिक २१ मा अस्पताल भर्ना भएकी ती महिलामा निमोनिया, उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाए ।
गण्डकीमा यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको छ ।
हालसम्म प्रदेशमा संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको छ । तीमध्ये निको हुने ४ हजार ९ सय ७९ जना छन् ।
संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमै बसेका छन् ।