२३ असार २०८३, मंगलबार

नेपाल आइडल फेम्ड गायक गायिकाको स्वरमा  'कालापानी सिमाना' सार्वजनिक

कात्तिक २९, २०७७
नेपाल आइडल फेम्ड गायक गायिकाको स्वरमा  'कालापानी सिमाना' सार्वजनिक

वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत 'कालापानी सिमाना' को म्युजिक भिडियो  सार्वजनिक भएको छ।  

यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको छ।  यस गीतलाई कमल राईले संगीत संयोजन गरेका हुन्।  

यस गीतमा  नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ , पवन गिरी, बिक्रम बराल र साथमा किरण गजमेर र कमल राईको  स्वर  सुन्न सकिन्छ।  

देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको  म्युजिक भिडियोमा निराजन प्रधान , गीता थापा , राम प्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ।  हरि हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।  

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गीतकार योञ्जनका यसअघि 'पानी पिउने बहानामा' , 'हामी संग संगै हिड्दा' बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्।  भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीत प्रेमीलाई आग्रह गरेका छन्।  

salt training

कमेन्ट गर्नुहोस्