×

NMB BANK
NIC ASIA

पौरखी किसान सीताराम, जसले फूलमा भविष्य खोजे : १७ जनालाई रोजगारी, वार्षिक ६ लाख आम्दानी

कात्तिक ३०, २०७७

NTC
Premier Steels

टिकापुरका सीताराम चौधरी लक्ष्मीपूजाको अघिल्लो दिन आफ्नै बारीमा काम गर्दै थिए । उनै सीताराम जो टिकापुर १ बनगाँउमा आज भन्दा तीन वर्ष देखी पुष्प अर्थात् (फूल)खेती गरिरहेका छन् । सुदूरपश्चिममा पुष्पखेती छैन भन्नेहरूका लागी उनी उदाहरणीय व्यक्ति हुन् ।

Muktinath Bank

सयपत्री फूलको खेती गरेका उनले दुई सिजनमा फूल बिक्री गर्छन् । 'दुई लटमा बिक्री गर्छु, साउन र भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ भने फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ’, उनले भने, ‘यो समय तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको फूलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक ६ लाख आम्दानी, १७ जनालाई रोजगारी


Advertisment
Nabil box
Kumari

तिहार शुरू भएपछि चौधरीको फूलबारीमा फूलका माला बनाउने काम भइरहेको छ । 'बारीबाटै प्रतिकिलो चार सय रुपैयाँ र बुनेको प्रतिमाला एक सय रुपैयाँका दरले बिक्री भइरहेको छ । तिहार नजिकिएकाले फूल प्याकिङ गरेर पठाउने काम भइरहेको छ, उनले भने, ‘प्याकिङ गरेर पठाएको फूल १० दिनसम्म राख्न सकिन्छ । तिहारलाई लक्षित गरेर विभिन्न जिल्लामा फूल र माला पठाइरहेका छौ ।’

Vianet communication

सीतारामले फूलको बिक्रीबाटै वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

पुष्प व्यवसायमा सहयोग गर्ने सीतारामकै घरका ५ जना सदस्य र अन्य १२ जना कामदारले समेत रोजगार पाएका छन् । 'फुलबारीमा सबै महिला कामदार छन् । फूल रोप्ने, गोडमेल गर्ने, मल हाल्ने र यतिखेर फूल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने सबै काम उनीहरूले नै गर्छन्,' उनले भने, ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले बजार पाउँदैन की भन्ने चिन्ता थियो, तर अहिले माग धान्नै मुस्किल भएको छ ।’ 

पुष्प खेतीबाट दसैँ तिहारमा मात्र हैन, मेला, महोत्सव, पूजा, महायज्ञ, विभिन्न कार्यक्रम वा सभा समारोहमा पनि उनकै बारीको फुल प्रयोग हुने गरेको छ । विगतका दुई वर्ष १० कट्टा क्षेत्रफलमा पुष्प खेती गरेका चौधरीले यस वर्ष कोरोना भाइरसका कारण बारीको फूल नबेचिने हो कि भन्ने चिन्ताले ८ कट्टा क्षेत्रफलमा मात्रै फुल खेती गरेका छन् ।

बजारमा कोरोना भाइरसको त्रासका बीच पनि माग बढी आइरहेको उनको भनाइ छ । 'यसबर्ष फुलको बिऊ लगाउने बेलामा बेचिने हो कि हैन भन्ने चिन्ता थियो,' उनले भने, ‘तर अहिले भने माग धेरै आएको छ मैले पुर्‍याउन सक्छु कि सक्दैन भन्ने चिन्ता छ ।’

अहिले पनि सुदूरपश्चिमका ९ वटै जिल्ला र बाँके, बर्दिया र दाङबाट पनि फूलको माग आइरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x