×

NMB BANK
NIC ASIA

रुपन्देहीको तिनाउ नदीमा एक लाख माछाका भुरा छाडिएको छ ।

Muktinath Bank

विश्व मत्स्य दिवसको अवसर पारेर शनिबार जिल्लाको मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउ नदीमा माछाका भूरा छाडिएको हो । लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रबद्र्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई, जिल्ला मत्स्य व्यवसायी संघ लागायत संघसंस्थाहरुले तिनाउमा माछा छाडेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मत्स्य विकास निर्देशनालयका अनुसार  ४ जातका एक लाख माछाका भुरा तिनाउमा छाडिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले माछा उपभोग मात्रै नभएर यसले पर्यटक समेत भित्राउने जनाए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘माछा खानाले मानिसलाई निकै फाइदा गर्छ भने अर्कातर्फ प्रबद्र्धन गर्न सकियो भने पर्यटकीय विकाससमेत हुन्छ ।’ उनले जैविकि विविधिता कायम गर्न, पानी शुद्ध राख्न, पानीमा अक्सिजनको मात्रा बढाउन माछाले भूमिका खेल्ने बताए ।

Vianet communication
Laxmi Bank

‘विविध कारणले पानी अशुद्ध भइरहेको छ, पानी शुद्ध नहुँदा र प्राकृतिक तथा मानवीय कारणले नदीमा माछाको मात्रा घटेको छ’, उनले भने, ‘पानीलाई शुद्धिकरण गर्न र स्वस्थ बनाइराख्न माछाले निकै सहयोग गर्छ ।’ पछिल्लो समय बाढी पहिरो, उद्योगहरुबाट निस्कने रसायनिक पदार्थ, फोहोरमैला, करेन्ट लगाउँदा नदीमा माछा घट्दै गएका छन् । जसले गर्दा जैविक विविधतामा असर गरेको छ नै यसले खोलामा जाल हानेर माछा मारी जिविकोपार्जन गर्दै आएका समुदायको रोजीरोटीसमेत खोसिने अवस्था पुगेको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले पानीको विविधतालाई सन्तुलन राख्न र मानव शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण पौष्टिक तत्वहरु प्रदान गर्ने प्रणी माछा भएको बताए । ‘माछा स्वास्थ्यको हिसावले निकै राम्रो मानिन्छ’, उनले भने, ‘अन्य आहार खाँदा र माछा खाँदा धेरै फरक पर्छ । धेरै प्रोटिन माछामा पाइन्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माछा सुपरजोन संचालक समितिका संयोजक  गणेशबहादुर शाहीले पानीको शुद्धतालाई जोगाई राख्नु सबैको दायित्व भएको बताए । उनले पानीलाई शुद्ध राख्न तालतलैया तथा नदीहरुमा माछा हुनै पर्ने जनाए । यसका लागि आफूहरुले विगतदेखि नै प्रयास गर्दै आएको उनको भनाई छ । जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले व्यवसायीले किसानलाई माछापालनमा उत्साहित गर्न, पानी शुद्ध राख्न र जैविक विविधतालाई बाचई राख्न प्रत्येक वर्ष एकलाख माछाका भूरा तिनाउमा छाड्ने गरिएको बताए ।

रुपन्देहीमा प्रत्येक वर्ष विश्व मत्स्य दिवसको अवसर पारी व्यवसायी र माछासँग सम्बन्धित सरकारी कार्यालयहरुले संयुक्तरुपमा मिलेर एक लाख माछाका भूरा तिनाउ नदीमा छाड्ने गरेका छन् । यसपल्टसँगै पाँचौपटक तिनाउमा माछाका भूरा छाडिएको हो । माछाका भूरा नदीमा छाड्नु अघि व्यवसायी र्याली समेत निकालेका थिए ।

रुपन्देही माछापालनका लागि उर्वर भूमि मानिन्छ । यहाँ १ हजार ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा ५ हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको छ । जिल्लामा मात्रै बार्षिक करिब ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ भने यहाँ उत्पादित जिउँदो माछा छिमेकी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवनसहित पोखरा, काठमाडौंसम्म विक्री हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x