×

NMB BANK
NIC ASIA

‘टाइम पास’ गर्दागर्दै एक्कासि हिरो बनेर निस्किएका विपिन

मंसिर १३, २०७७

NTC
Premier Steels

विपिन कार्कीले पशुपति प्रसादको ‘भष्मे डन’को रूपमा लामै समय परिचय बनाए । चलचित्र आचार्यदेखि प्रसादसम्म आइपुग्दा विपिन दर्जनभन्दा धेरै भूमिकामा भेटिए । यद्यपि भष्मे डनको जस्तो गतिलो परिचय त विपिनको अरु कुनै देखिएन ।

Muktinath Bank

बिन्दु माझी, फणिन्द्र तिमल्सिना लगायत विभिन्न भूमिकामा पनि उनले काम गरेका थिए । तर उनको अरु क्यारेक्टर किन स्थापित भएन त ? उनी भन्छन्, ‘त्यसमा कुनै चिन्ताको कुरा छैन । विपिन भन्ने मान्छे स्थापित हुनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपिनलाई पनि के लाग्थ्यो भने आफ्नो नामभन्दा धेरै आफूले काम गरेका चलचित्रको ‘क्यारेक्टर’ स्थापित हुनुपर्छ । तर उनले पछि महसूस गरे, होइन जबसम्म कलाकार स्थापित हुन्न कसरी उसको क्यारेक्टर स्थापित हुन्छ ?


Advertisment
Nabil box
Kumari

उनले भने, ‘जबसम्म कलाकारको आफ्नै नाम स्थापित हुन्न, त्यसको भविष्य संकटमा पर्न जान्छ । चलचित्र हिट हुनका लागि विषयवस्तु र कलाकारको जीवन्त अभिनयले प्रभाव पार्ने हो । नत्र प्रसादमा मेरो कुन नाम र उपनामले मलाई चिन्छ ? प्रसाद हिट भयो । विषयवस्तु र समग्र हामी कलाकार तथा टीमको मेहनतले ।’

Vianet communication

विपिन कार्की यतिबेला चलचित्र ‘प्रसाद–२’ को प्रि–प्रोडक्सनमा व्यस्त छन् । पहिला जस्तो स्क्रिप्ट राइटरको जिम्मा लगाएर चलचित्रमा अभिनय गर्ने मात्रै आजभोलि उनले काम गर्दैनन् । सम्भव र मौका पाएसम्म उनी आफैं पनि स्क्रिप्टमा होमिन्छन् ।

चलचित्रको छायांकन छिट्टै शुरू गर्ने निर्माण टीमको तयारी छ । विपिन यतिबेला वर्कशपमा व्यस्त छन् । ‘अब छिट्टै चलचित्र छायांकन थाल्ने कुरा छ,’ उनले भने, ‘अब केही हप्तापछि वर्कशपको काम सकिन्छ । त्यसपछि हामी छायांकनमा जाने योजना बनाउने छौं ।’

लकडाउनदेखि हालसम्म २० वटा चलचित्रबाट कामको प्रस्ताव आयो तर अन्य कुनै चलचित्रमा हस्ताक्षर गरेका छैनन् । प्रसाद उनको एउटा मात्रै सम्झौता गरिसकेको चलचित्र हो । ‘मैले नसक्ने कुरा गरेर प्रोड्युसरलाई मूर्ख बनाउनु छैन,’ विपिन थप्छन्, ‘यदि मैले पैसाको लोभ गरेको भए पाए जति सबै चलचित्रमा साइन गर्थें तर मलाई त्यसो गर्नु छैन ।’

सक्ने जति काम गर्ने, इमान्दार भएर कमाउने र सन्तुष्ट जीवन बाँच्नुको मज्जा बेग्लै हुने विपिनको प्रतिक्रिया छ । विपिनले अब प्रसादको छायांकन सकेपछि मात्रै अर्को चलचित्रमा काम गर्ने सोचेका छन् ।

... ...

मोरङको बाहुनीमा जन्मिए विपिन । उतै हुर्किए । जीवनमा यो र यस्तो खालको व्यक्ति बन्छु भन्ने सपनाबारे सोचेनन् । न सानोमा उनले कलाकार बन्छु भने, न त सानोमा कलाकारिता सम्बन्धी कुनै हुटहुटीले काठमाडौं ल्याइपुर्‍यायो । काठमाडौं आएर क्याम्पस पढ्ने बेलासम्म विपिनलाई कलाकारिता सम्बन्धी ज्ञान नै थिएन ।

काठमाडौंमा बस्ने, पढ्ने र जीवनका विभिन्न योजना गराउँदै गए विपिन । यत्तिकैमा आरआरमा स्नातक गर्ने सिलसिलामा उनले काठमाडौंमा गुरुकूल छ भन्ने पत्तो पाए, नजिकैका एक दाइमार्फत । मोरङकै कमलमणि नेपाल गुरुकूलमा नाटक सिक्छन् भन्ने उनले पत्ता पाए । उनीसँगै ‘टाइम पास’ गर्न गुरुकूल धाउन थाले विपिन । त्यहाँ नाटक मञ्चन भइरहेको हुन्थ्यो । केही हप्तापछि विपिनलाई अभिनय गर्न सक्छु जस्तो लाग्न थाल्यो । सायद पहिलोपटक कलाकारितामा रुचि भएको पनि गुरुकूल छिरेपछि नै हो ।

‘कमल दाइ हुनुहुन्छ जाऔं न भन्ने भएर मात्रै म गुरुकुल आउँथे,’ उनले थपे, ‘म वास्तवमै एक्कासी बनेको एक्टर हो । गुरुकूल जान थालेपछि गुरुकूल नै जाऔं न हुन थाल्यो । सायद त्यो बेला म कलाकारितामा तानिएको रहेछु भन्ने फिल भयो ।’

तर विपिनको घरमा कसैले नाटकतिर लागेर भविष्य राम्रो हुन्छ भनेनन् । उनी आफ्नै किसिमले अभिनयमा औपचारिक रूपमा काम गर्छु भन्ने निर्णयमा पुगे । अभिनय यात्रा थालनी गरेपछि पनि धेरै समय उनी बरालिए । ‘टाइम पास’ जस्तै जीवन गुजारे ।

गुरुकूल गइरहन थालेपछि गुरुकूलका संस्थापक सुनिल पोखरेलले ‘यसले नाटक मन पराउँछ अबदेखि फ्रीमा नाटक हेर्न दिनुस्’ भनेर स्टाफहरूलाई भनेपछि उनी निरन्तर गुरुकुल जान थाले । उनले २ वर्ष स्वयंसेवकको रूपमा गुरुकूलमा काम गरे । त्यसैक्रममा सुनिल पोखरेलले विपिनलाई सोधे, ‘सडक नाटक खेल्छौ ? खेल्ने भए खेल ।’ यो प्रश्नले विपिनको खुशीको सीमा रहेन ।

सुनिलको प्रस्ताव विपिनले तुरुन्तै स्वीकारे । पहिलो नाटकमै विपिनले कमाल गरे । त्यसपछि विपिनले गुरुकूलका विभिन्न नाटकमा काम गर्ने अवसर पाए । ‘म हरेक काममा मेहनत गर्नुपर्छ भन्ने सोच भएको मान्छे हो,’ विपिनले थपे, ‘सायद त्यो कारण पनि मलाई सुनिल सरले मन पराउनुभएको हुनसक्छ ।’

विपिन कार्कीको पहिलो चलचित्र ‘आचार्य’ हो । त्यतिबेला उनले भर्खरै गुरुकूलमा नाटक देखाउने मौका पाइरहेका थिए । आचार्य चलचित्रका लागि उनी कालिमाटीदेखि ‘अडिसन’ दिन शंकर होटल पुगे । ‘अडिसनमा दिएको अभिनयलाई मन पराइएको थाहा पाएँ । सेलेक्ट भएँ,’ उनले भने । तर यो चलचित्र खासै चलेन । उनलाई कसैले ‘नोटिस’ पनि गरेनन् । विपिनको मन दुख्यो ‘चसक्क’ ।

‘न एउटा डाइलग, न राम्रोसँग अनुहार देखिने दृश्य,’ विपिनले थपे, ‘यत्तिकै यता र उता गर्ने, दौडिने, ४.५ जनाको भीडमा हिँड्ने । कसले चिन्थ्यो र ?’ आचार्य उनको ‘डेब्यु’ चलचित्र हो । यो चलचित्रमा आफ्नो छोटो भूमिका राखेकोमा उनलाई चित्त दुख्यो । त्यसैकारण धेरै वर्ष उनले चलचित्रप्रति रुचि राखेनन् । ४ वर्षपछि चलचित्र लुटमा कामको प्रस्ताव आयो । ‘जबरजस्ती १ जना दाइले मलाई बाध्यतामा पारे, तिमीले यो चलचित्रमा सानो भूमिका छ, काम गर भनेपछि मैले उहाँको प्रस्ताव हार्न सकिनँ । सानै भूमिकामा काम गरें । त्यो चलचित्रमा निगम श्रेष्ठ सहायक निर्देशक हुनुहुन्थ्यो । उहाँले मेरो अभिनयलाई नजिकबाट नियालिरहेका थिए । उहाँले नै निर्देशन गरेको चलचित्र छड्केमा मुख्य भूमिकामा अफर आयो, मैले हुन्छ भने । किनभने स–साना भूमिका र दुःख मात्रै धेरै दर्शकले नचिन्ने र आफू पनि असन्तुष्ट हुने देखेकाले मन विरक्तिएको थियो,’ उनले सम्झिए ।

चलचित्र ‘छड्के’मा भने राम्रैसँग काम देखाउने अवसर पाए विपिनले । विपिनले थपे, ‘मलाई यसले राम्रो अभिनय गर्न सक्छ भनेर चलचित्रकर्मीदेखि आमदर्शकलाई चिनाएको चलचित्र हो । सायद त्यो चलचित्रको अवसर नपाएको भए त करिअर कता जान्थ्यो अनुमान पनि लगाउन सक्दिनँ ।’ छड्के चलचित्रमा विपिनले गरेको भूमिकालाई दर्शकले राम्रैसँग मन पराए । मुख्य भूमिकामा काम गरेको पहिलो चलचित्र भए पनि छड्केमा उनले नयाँ कलाकार जसरी काम गरेनन् ।

चलचित्र ‘छड्के’ व्यावसायिक रूपमा सफल भएन तर विपिनले अभिनयमा करिअर छ भन्ने पत्तो पाए । आफूलाई कलाकारिताबाट केही गर्न सक्छु भन्ने क्षमता देखाउने अवसर पाए उनले । चलचित्र प्रदर्शनपश्चात विपिनको हातमा चलचित्र ‘अफर’को ओइरो लाग्यो । ‘अफर’ धेरै आएपछि विपिनले चलचित्र छनोटमा ध्यान दिन थाले ।

उनले भने, ‘चलचित्र नपाएको र अभिनयको भोकले कसैले नोटिस नहुने चलचित्रमा पनि काम गरें । तर छड्केपछि त यतिधेरै चलचित्र आए कि मैले कस्तो चलचित्रमा काम गर्ने आफ्नो इच्छाले छान्न पाएँ ।’ विपिनले काम गरेका सबैजसो चलचित्र ‘हिट’ छैनन् । तर उनलाई हरेकजसो चलचित्रमा गरेको अभिनय देखेपछि जो कसैले उनलाई निकै राम्रो कलाकार हुन् भन्छन् । धमाधम चलचित्रमा काम गरे, केही चलचित्र व्यावसायिक रूपमा असफल भए ।

तर दिपेन्द्र के खनालको चलचित्र ‘पशुपति प्रसाद’बाट भने विपिनले आफ्नो सफलतामा अर्को इँटा थपे । चलचित्र निकै चल्यो । विपिनलाई अन्य चलचित्रमा नदेखेकाहरूले यो चलचित्रबाट चिने । भन्छन्, ‘मैले यो चलचित्र यति राम्रो चल्छ भनेर अनुमान पनि गरेको थिएन । तर धेरै राम्रो चल्यो । मेहनत गरेको फल मिठोसँग चाख्न पाएँ ।’

त्यसपछि विपिनको अर्को चलचित्र प्रदर्शन भयो, जात्रा । निर्माताको गोजी मात्रै भरिएन, विपिनको मन पनि भरियो । राम्रो पारिश्रमिक बुझेर काम गरेको यो चलचित्र निकै ‘हिट’ भयो । पशुपति प्रसाद, जात्रा, जात्रैजात्रा, प्रसाद लगायतका चलचित्र विपिनको ‘करिअर’मा सबैभन्दा हिट चलचित्र मानिन्छन् ।

विपिन आफ्नो अभिनयलाई ‘गड गिफ्ट’को रूपमा मान्छन् । ‘म एउटा भूमिकालाई जीवन्त बाँच्ने प्रयास गर्छु, त्यो भूमिकालाई दर्शकले मन पराएपछि आजभोलि मसँग अभिनय राम्रै रहेछ भन्ने लाग्न थालेको छ,’ उनले भने ।

विपिनलाई सधैभरि यस्तै हिट चलचित्र दिइराख्छु जस्तो लाग्छ ? सधै धमाधम चलचित्र पाइराख्छु जस्तो लाग्छ ? चलचित्रमा कुनै बेला काम नै नपाउने स्थिति आउँला कि नआउँला ? अथवा अहिलेजस्तो हिट अभिनेताको रूपमा सधै रहन्छु जस्तो लाग्छ ? विपिन अन्तिममा थप्छन्, ‘मेरो करिअर ध्वस्त हुन्छ । जीवन सकिएर जान्छ । पहिला कोही हिट थियो । अहिले म आएँ । भोलि अर्को आउँछ । यो सामान्य कुरा हो । तर मैले के यथार्थलाई स्वीकारेको छु भने नि, भोलि सबै कुरा सकिएर सामान्य करिअरमा आउँछु र त्यो बेलामा मलाई कुनै फरक पर्ने छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x