०५ साउन २०८३, मंगलबार

कतार प्रहरीमा पठाउने भन्दै स्वीकृति नलिई अन्तर्वार्ता लिने रोजगार व्यवसायी निलम्बित

मंसिर १६, २०७७
कतार प्रहरीमा पठाउने भन्दै स्वीकृति नलिई अन्तर्वार्ता लिने रोजगार व्यवसायी निलम्बित

पूर्व स्वीकृति नलिई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिने ३ वटा वैदेशिक रोजगार कम्पनीलाई वैदेशिक रोजगार विभागले निलम्बित गरेको छ ।

विभागबाट मंसिर ८ र ९ गते आकस्मिक अनुगमन गरेको टोलीले पेश गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले ६ महिनासम्म निलम्बन गरिएको पत्र कम्पनीहरूलाई पठाइएको छ ।

निलम्बनमा पर्ने कम्पनीहरूमा एसओएस मेनपावर सर्भिसेस प्रालि धापासी काठमाडौं, डीडी ह्युमन रिसोर्स प्रालि गुहेश्वरी काठमाडौं र होम इन्टरनेसनल प्रालि रानीबारी काठमाडौं रहेका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को उपदफा ७ बमोजिम ६ महिनाको लागि सम्पूर्ण कामकारवाही निलम्बन गर्ने गरी निर्णय भएको विभागले जनाएको छ ।

निलम्बन गर्ने विभागको निर्णयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत समर्थन जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्