३१ असार २०८३, बुधबार

नविवाहित जोडीलाई तीन दिनसम्म शौचालय जान नदिने अनौठो प्रचलन

नविवाहित जोडीलाई तीन दिनसम्म शौचालय जान नदिने अनौठो प्रचलन

इन्डोनेसियाको टीडोङ समुदायमा नवविवाहित जोडीलाई तीन दिनसम्म शौचालय जान प्रतिबन्ध लगाइन्छ । यस रीतिरिवाजलाई तोड्नु अपशकुन मानिन्छ । 

शौचालय जाँदा पवित्रता नष्ट हुन्छ र बेहुला बेहुली अशुद्ध हुने मान्यता छ । शौचालयमा धेरैजना जाने भएकाले त्यहाँ नकारात्मक ऊर्जा हुने र नवविवाहित जोडीले त्यो ऊर्जा ग्रहण गर्न नहुने उनीहरू मान्छन् । 

नकारात्मक ऊर्जाका कारण बेहुला र बेहुलीको सम्बन्ध टुट्ने खतरा रहन्छ र उनीहरूको ज्यान पनि खतरामा रहेको विश्वास यस समुदायले लिएको छ । 

शौचालय जान नदिइएका कारण नयाँ जोडीलाई खानपिन गर्न पनि दिइँदैन । एकदमै कम खाना मात्र उनीहरूलाई दिइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्