×

NMB BANK
NIC ASIA

किसान आन्दोलन

‘मन्त्रीज्यू, हामी वृद्ध उखु किसानको आँसुले सराप्छ तपाईंलाई’ [भिडियो]

मंसिर २८, २०७७

NTC
Premier Steels

आइतवार दिउँसो काठमाडौंमा निकै थकित मुद्रामा देखिन्थे सर्लाहीका  रामेश्वर राय यादव । माइतीघर मण्डलामा सडकपेटीमा बसेका उनले छातीमा एउटा पर्चा टाँसेका थिए – सरकार किसानलाई बाँच्न देऊ ।

Muktinath Bank

लामो समयदेखि उखु मिलले उखुको मूल्य नदिएपछि आन्दोलनका लागि बिहानै काठमाडौं आइपुगेका हुन् उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि उखुको बक्यौता रकम नपाएर पटक–पटक जिल्लामा आन्दोलन गरिरहेका उनी लगायतका टोली आइतवार बिहानै काठमाडौं आइपुगेको छ । 


Advertisment
Nabil box
Kumari

४ वर्षसम्मको बक्यौता रकम नपाएपछि उनी सर्लाहीदेखि काठमाडौंसम्म धाएको यो दोस्रो पटक हो । सर्लाहीमा भने धेरै पटक आन्दोलनका कार्यक्रममा सहभागी भइसकेका छन् । 

Vianet communication

सरकारले गत वर्ष पुस १८ गते गरेको सहमतिमा चिनी मिलले उखु किसानलाई समयमै रकम उपलब्ध गराउने उल्लेख थियो । यद्यपि त्यो सहमतिको कार्यान्वयन हालसम्म भएको छैन । 

यसपटक भने उनीहरू पैसा नलिई सर्लाही नफर्कने अडानका साथ काठमाडौं आएका हुन् । लोकान्तरसँग यादवले भने, ‘यसपटक भने हामी पैसा नलिई जाँदैनौं, यसपछि सरकारले हामीलाई फसाउन सक्दैन ।’ ९ जनाको परिवार उखु खेतीले नै पाल्दै आएका उनले मिल मालिकबाट ४ लाख रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ । 

उनी भन्छन्, ‘३६ प्रतिशत ब्याजमा ऋण लिएर परिवार पाल्दा हाड खिइसक्यो, म वृद्धलाई सरकारले झुक्यायो, मिल मालिकले ठग्यो ।’

उनले अहिले काठमाडौं आउने रकम पनि अरूसँग ऋण मागेर ल्याएको बताउँदै रित्तै आए पनि अब भने पैसा नलिई नजाने बताए । ‘सरकारले सुनेमा त हामीहरूको पैसा मिल्थ्यो, उसले सुनेन, आश्वासन मात्रै दियो,’ उनले भने ।

किसानको समस्या नचिन्ने मन्त्री घनश्याम भुसालले कृषि क्रान्तिको नारा लगाएको उनले आक्रोश समेत व्यक्त गरे । उनले नेताहरू किसानलाई रुवाएर आफूले मज्जा लिन थालेकोमा निकै दुःख लागेको सुनाउँदै उनी भन्छन्, ‘कृषि मन्त्री, उद्योगमन्त्री भनेको सुन्छु, म चिन्दिनँ, हामी वृद्ध उखु किसानको आँसुले सराप्छ तपाईंलाई ।’

धनकौल मिलले नै ४ लाखभन्दा बढी रकम नदिएको भन्दै सर्लाहीका अर्का उखु किसान पनि आन्दोलनका लागि काठमाडौं आइपुगेका छन् । उखु किसान रामबाबु मण्डल उखु खेतीबाट नै ९ जनाको परिवार पालिरहेका छन् । तर अब भने उनलाई निकै समस्या भएको छ । मिल मालिकले एक पटक अरूलाई थोरै पैसा दिए पनि आफूलाई भने नदिएको उनी बताउँछन् । 

उनले भने, ‘हामी गरीब मानिसलाई निकै गाह्रो छ, अहिले छोराछोरीका लागि पढाउनका लागि पनि पैसा छैन । हामीले के गर्ने ?’

मिल मालिकले कहिले पनि किसानलाई भेट्न नचाहेको र किसानले भेट्न खोज्दा पनि कहिल्यै नभेट्ने गरेको उनले बताए । उनी १० हजार ऋण खोजेर काठमाडौं आएका हुन् । काठमाडौंमा आउँदा जाँदा नै पैसा सकिने भन्दै चिसो समयमा काठमाडौं बिताउन पनि सकस हुने उनले गुनासो गरे ।

सत्तामा रहेकाहरूले भ्रष्टाचार गरेका कारण आफूहरूले पैसा नपाएको उनले बताए । ‘मिलले पनि पैसा दिँदैन, सरकारमा रहेकाहरू पनि मिलेमतोमा लाग्छन्, हामी मजदूरको त बिचल्ली हुने भयो,’ उनले भने ।

आन्दोलनमा सहभागी उखु किसान रमेशकुमार यादव मिलका मालिकले आफूहरूलाई झुक्याएर हैरान बनाउने गरेको बताउँछन् । पटक–पटक पैसा पठाइदिएको छु भनेर बैंकमा पठाउने गरे पनि बैंकमा भने पैसा नपठाएर मालिकहरूले सताउने गरेको उनले बताए । उनी भन्छन्, ‘मिल मालिकले पैसा बैंकमा पठाइदिएको छु, जा भन्छ तर आफू बैंकमा जाँदा खातामा पैसा आउँदैन, अनि खाली हात घर फर्किनुपर्छ ।’

किसानले भोगेको दुःख सरकारमा रहेकाहरूले नदेखेझैं गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले खेती गरेका छौं, सरकार मालिकको पक्षमा उभिन्छ, अनि कसरी उनीहरूले कृषि क्रान्ति गर्ने अनि समृद्ध नेपाल बनाउने सपना बाँडिरा’छन् ?’

आफूले ऋण लिन सक्ने सबै ठाउँबाट ऋण लिएर यतिञ्जेल घर खर्च चलाएको भन्दै अब पैसा नपाए रुँदै सडकको बास हुनुपर्ने उनले बताए । उनी भन्छन्, ‘अब नि पैसा नपाए त घरबारी बेचेर सडकमा बस्नुपर्छ, हामीले के गर्ने ?’

सर्लाही र आसपासका उखु किसानले निकै लामो समयसम्म बक्यौता रकम नपाउँदा संघर्ष समिति नै बनाएर पटक–पटक आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् । सरकारले गत पुस १८ गते सहमति गरेर झुक्याए पनि अब भने आफूहरू पैसा नलिई नफर्किने संघर्ष समितिका अध्यक्ष रामस्वारथ राय बताउँछन् । 

‘हामी अनिश्चितकालका लागि आन्दोलन गर्न काठमाडौं आएका हौं, अरू किसानहरू पनि आउँदैछन्,’ उनले भने, ‘पैसा नलिई अब हामी फर्कने छैनौं ।’ उनका अनुसार उखु किसानले ९० करोडभन्दा बढी रकम पाउन बाँकी छ ।

मिल मालिकसँग भेट्दा–भेट्दा हार खाएपछि सरकारको ढोका ढक्ढकाउन आइपुगेको उनले सुनाए । उनी भन्छन, ‘मालिकसँग भेट्दा जुत्ता फाटिसकेको छ, शरीर थाकिसकेको छ, अब कति भेट्नु, त्यही भएर सरकार खोज्दै काठमाडौं आयौं ।’

आफ्नो कमाइ लिनका लागि यति दुःख गर्नुपर्ने हो भने यहाँ गरीबको कुनै सरकार नभएको उनले बताए । उनी भन्छन्, ‘मालिकले त झुक्याए भुक्याए, उद्योग मन्त्रीले पनि हाम्रो लागि केही गरेनन्, केही गर्न चाहेनन् ।’

भिडियो हेर्नुहोला – 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x