भियतनामका लागि पाकिस्तानका राजदूत कमर अब्बास खोखरले तक्षशिलालाई प्राचीन पाकिस्तानको एक भाग भनी बताएका छन् ।
उनले अर्थशास्त्र नामक महान् ग्रन्थका लेखक चाणक्य र व्याकरणकार पाणिनी पनि पाकिस्तानको सन्तान भएको बताएका छन् ।
खोखरले ट्वीट गरे, ‘तक्षशिला २७ सय वर्षपहिले प्रचाीन पाकिस्तानमा अहिलेको इस्लामाबाद नजिक थियो । सोह्र देशबाट ६४ विद्या अध्ययनका लागि १० हजार ५०० भन्दा बढी विद्यार्थी यहाँ आउँथे । यहाँ नै पाणिनी जस्ता विद्वानले पढेका थिए ।’
त्यसपछि उनले पाणिनी र चाणक्यलाई पाकिस्तानको सन्तान पनि भनिदिए । उनले यस्तै दाबी गरिएका दुई भिडियो पनि पोस्ट गरे ।
Both #Panini, the first linguist in the world, and #Chanakya Kautaliya, the world famous political philosopher, were sons of the soil of ancient #Pakistan 🇵🇰.
— Qamar Abbas Khokhar (@mqakhokhar) December 14, 2020
उनका यी ट्वीटलाई प्रयोगकर्ताहरूले मजाकमा उडाइरहेका छन् ।