०४ साउन २०८३, सोमबार

कैलालीमा प्रचण्ड– नेपाल समूहले लगाएको ताला ओली समूहले एक घण्टा नबित्दै तोड्यो

पुस ८, २०७७
कैलालीमा प्रचण्ड– नेपाल समूहले लगाएको ताला ओली समूहले एक घण्टा नबित्दै तोड्यो

नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ । 

कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलिपल्टै प्रचण्ड–नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् ।

गोदावरी नगरपालिकाको कार्यालयमा  प्रचण्ड–नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पूरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा लिएको युवासंघ गोदावरीका सह–संयोजक दुर्गाप्रसाद अधिकारीले बताए ।

'हामीले अहिले पार्टी कार्यालयमा लगाएको ताला फोडेर कार्यालय नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

गोदावरी ओली सरकारका उद्योग मन्त्री लेखराज भट्टको गृह क्षेत्र हो ।

कमेन्ट गर्नुहोस्