१२ साउन २०८३, मंगलबार

२०२१ मा पूरै दुनियाँमा चीनको कब्जा, रुसमा उल्कापिण्ड खस्नेछ !

पुस ११, २०७७
२०२१ मा पूरै दुनियाँमा चीनको कब्जा, रुसमा उल्कापिण्ड खस्नेछ !

वर्ष २०२१ लाई लिएर बुल्गेरिका भविष्यवक्ता बाबा वेंगाले हैरान गर्ने भविष्यवाणी गरेका छन् । 

उनलाई बाल्कन नास्त्रेदमस पनि भनिन्छ । बाबा वेंगाले यस्ता ऐतिहासिक घटनाबारे भविष्यवाणी गरेका छन्, जो पछि गएर निकै हदसम्म सत्य सावित पनि भएका छन् ।

१९११ मा जन्मिएका वेंगाको ११ वर्षके उमेरमा आँखाको ज्याति गुमेको थियो । 

पहिले पनि सत्य सावित भएका थिए 

बाबा वेंगाको मृत्यु १९७७ मा भएका थियो । तर, आफ्नो मृत्युअघि उनले सोभियत युनियन विघटन, २००१÷९÷११ हमला, चेर्नोबिलको समस्या र जापानी सुनामीजस्ता ऐतिहासिक भविष्णवाणी गरेका थिए । 

बाबा वेंगाको भविष्णवाणी करिब ८५ प्रतिशतसम्म सत्य सावित भएको बताइन्छ । उनको भविष्यवाणीमा ५०७९ सम्म उल्लेख पाइन्छ । त्यही वर्ष दुनियाको अन्त्य हुने बाबा वेंगाले बताएका छन् । 

आकाशबाट आपत् 

भविष्यवाणीअनुसार वर्ष २०२१ मा रुसको आसपासमा एक उल्कापिण्ड खस्नेछ । यसबाट आपत मात्रै होइन, पूरै दुनियाँको अन्त्य हुने सम्भावना रहेको बताइएको छ । 

विशेषगरी यूरोपमा रासायनिक हमला हुनसक्ने चेतावनी पनि दिइएको छ । बाबा वेंगाले यसैबेला यूरोपिय महाद्वीपकै अस्तित्व अन्त्यको नजिक पुग्ने दाबी गरेका छन् । 

पुटिन हत्याको प्रयास 

बाबा वेंगाको भविष्यवाणीअनुसार वर्ष २०२१ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याको प्रयास हुनसक्नेछ । 

युरोप खराब आर्थिक हालतबाट गुज्रिनेछ । रुसको सीमाभित्रै उनको ज्यान जोखिममा रहनेछ । 

ट्रम्पलाई स्वास्थ्यमा समस्या 

बाबा वेंगाको भविष्यवाणीअनुसार आगामी वर्ष अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा समस्या देखिने छ ।

कुनै ठूलो बिरामीको शिकार हुने दावी गरिएको छ । यो बिरामीले ट्रम्पलाई कान नसुन्ने बनाउने र ब्रेन ट्रामाको शिकार पनि हुनसक्ने बताइएको छ । 

प्रलयकारी आपत् 

पूरै विश्व प्रलयकारी आपत्बाट जुध्ने छ । मानिसको चेतनामा बदलाव आउनेछ । यो एक निकै मुस्किल समय हुनेछ । मानिसहरु आस्थाका आधारमा बाँडिनेछन् ।

वर्तमान अवस्थामा मानवताको अस्तित्व नै विलुप्त पार्ने खालका घटना हुनसक्छन् । 

ब्रह्माण्डमा जीवनको खोज 

यसका साथै ब्रह्माण्डमा जीवनको खोज हुने छ र अचानक स्पष्ट हुन छ कि पृथ्वीमा जीवन कसरी भेटिएको थियो ।

अघिल्लो दुईसय वर्षमा मानिस आध्यात्मिक दोस्रो दुनियाँका आफ्ना भाई बहिनीसँग सम्पर्क गर्नेछन् । 

आकाशमा रेल उड्नेछ 

सौर्य ऊर्जाको प्रयोग गर्दै आकाशमा रेल उड्दै गरेको देखिनेछ । पेट्रोलको उत्पादन बन्द हुनेछ ।

यद्यपि सोलार इनर्जीलाई लिएर मानिसबीच चर्चा अहिलेदेखि भर्खर बढेको छ । यसकारण उनको यो भविष्यवाणी तत्काल सम्भव देखिँदैन । 

चीनले विश्व कब्जा गर्नेछ 

एक ठूलो ड्रेगन मानवतामाथि कब्जा गर्नेछ । तीन दिग्गज एकसाथ उभिनेछन् । केही मानिसका साथ रेड करेन्सी हुनेछ ।

बाबा वेंगाले यसबाट एक सय ५ अरु जिरो हुने भविष्यवाणी गरेका छन् । 

विश्लेषकका अनुसार विशालकाय ड्रेगनको मतलव चीन हो । जो एक सुपरपावर बनिसकेको छ । तीन दिग्गजको मतलव भारत, चीन र रुस हो ।

एकसय युनान र पाँच हजारको रुबल नोट रातो रंगका हुनेछन् । 

क्यान्सरको उपचार 

२१ औं शताब्दीमा मानिसलाई क्यान्सरबाट छुटकारा मिल्नेछ ।

बाबा वेंगाको भविष्यवाणीअनुसार त्यो दिन आउनेछ, जब क्यान्सरजस्ता भयंकर बिरामीलाई फलामको साङलोले बाँधिनेछ ।

यसको मतलव क्यान्सरविरुद्ध पूरै तरिकाले मानिस नियन्त्रण गर्न सम्भव हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्